झापा- कञ्चनजङ्घा हिमाल आरोहणको क्रममा एक फ्रान्सेली महिला पर्वतारोहीको मृत्यु भएको छ।
ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–८ याम्फुदिनस्थित कञ्चनजङ्घा हिमालको दक्षिणी आधार शिविरबाट शनिबार राति ११ बजे आरोहण गर्ने क्रममा ६३ वर्षीया मारगेटा मोरिङको ज्यान गएको हो।
स्वासप्रश्वासमा समस्या आएपछि उनको अवस्था गम्भीर बनेको थियो। यद्यपि घटनाको जानकारी प्रहरीलाई आइतबार मात्र प्राप्त भएको हो।
प्राप्त जानकारी अनुसार मृतकको शव करिब ७,५०० मिटर उचाइमा रहेको छ। उक्त स्थान प्रहरी चौकी याम्फुदिनबाट करिब ७५ किलोमिटर टाढा पर्छ।
Facebook Comments Box
