भोजपुर- भोजपुरको रामप्रसादराई गाउँपालिकामा निर्माण भएको डाग्बुङ (गुराँस) पदमार्ग आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बनेको छ।
प्राकृतिक सौन्दर्य, लालीगुराँसको वन र हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिने यो पदमार्गले स्थानीय व्यापार, पर्यटन र उत्पादनको बजारीकरणमा टेवा पुर्याएको छ।
करीब ७० लाख लागतमा निर्माण भइरहेको पदमार्ग हाल ओख्रे बजारदेखि करिब ७ किलोमिटरसम्म विस्तार भइसकेको छ र चुलाचुली क्षेत्रसम्म जोड्ने योजना छ।
पदमार्गलाई मुन्दुम ट्रेलसँग जोड्ने, चियाखेती विस्तार गर्ने र होमस्टे संचालन गर्ने तयारीसमेत गरिएको गाउँपालिका अध्यक्ष थामबहादुर राईले जानकारी दिए।
यो परियोजना नेपाल जलवायु नमूना कार्यक्रमअन्तर्गत सञ्चालन भइरहेको हो।
Facebook Comments Box
