झापा- बैंकिङ कसूर मुद्दामा झापा बिर्तामोडका भानु शिवाकोटी पक्राउ परेका छन्।
अञ्जली ओभरसिजका सञ्चालक तथा वैदेशिक रोजगार व्यवसायी संघ झापाका पूर्व अध्यक्षसमेत रहेका शिवाकोटीलाई बैशाख २८ गते आइतवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी खगेन्द्र खड्काले जानकारी दिए।
शिवाकोटीविरुद्ध झापा बिर्तामोड–३ निवासी कुमार दाहालले शिवाकोटीविरुद्ध ११ लाख रुपैयाँको चेक बाउन्स भएको उजुरी दिएका थिए।
उजुरीका आधारमा उनलाई पक्राउ गरी हाल जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा राखिएको प्रहरीले जनाएको छ।
Facebook Comments Box
