Author: खबरमञ्च

झापा- झापाको बिर्तामोड नगरपालिकाद्वारा आयोजित माध्यमिक तहका विद्यार्थीका लागि उद्घोषण तथा समाचार लेखन तालिम सोमबार सम्पन्न भएको छ। नगर क्षेत्रका चालिस जना विद्यार्थीलाई उक्त तालिम दिइएको हो। नगरपालिका कार्यालयको सभाहलमा सम्पन्न तालिमको प्रमुख अतिथि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्र हुनुहुन्थ्यो। उहाँले विद्यार्थीलाई सबभन्दा पहिला आत्मविश्वास बढाउन आग्रह गर्नुभयो। कार्यक्रमका अतिथि नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष सुब्रत न्यौपानेले सिक्ने अवसर कतैबाट आए नछोड्न विद्यार्थीलाई आग्रह गर्नुभयो। कार्यक्रमको अध्यक्षता गर्नुभएका नगरपालिकाका शिक्षा शाखा प्रमुख तिलचन भण्डारीले विद्यार्थीलाई यस्ता तालिम दिन नगरपालिकाले सुरुवात गरेको र आगामी बर्षहरूमा यस्ता तालिमका लागि समय र बजेट व्यवस्थापनमा नगरपालिकाले ध्यान दिने बताउनुभयो। कार्यक्रममा शिक्षा अधिकृत जानुका…

Read More

झापा- झापाको बिर्तामोडस्थित देवी माध्यमिक विद्यालयमा सम्पन्न प्रदेशस्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनी प्रतियोगितामा बुद्धशान्ति-२ को आदर्श माध्यमिक विद्यालय, जयपुर पहिलो भएको छ। प्रतियोगितामा कक्षा ८ मा अध्ययनरत विशाल सहनीले तयार गरेको ‘ट्रान्समिसन लाइन फल्ट डिटेक्सन प्रोजेक्ट’ले पहिलो स्थान प्राप्त गर्दै चार लाख रुपैयाँ नगद पुरस्कार जितेको हो। विशालले युट्युबमार्फत अध्ययन गरी उक्त प्रोजेक्ट तयार पारेका थिए। उनलाई विद्यालयका विज्ञान शिक्षक अरूण ढुङ्गेलले प्राविधिक सहयोग गरेका थिए। प्रदर्शनीमा विशालले तयार गरेको यो सर्किटले धेरैको ध्यान खिचेको आयोजकले बताएको छ। प्रतियोगितामा दोस्रो स्थान बिर्तामोडकै देवी माध्यमिक विद्यालयले हासिल गर्‍यो। कक्षा ११ का सविन बाँस्कोटाको नेतृत्वमा आयुष, अनिश र सुवर्णले बनाएको ‘देवी रोबोट’…

Read More

झापा- झापाका महिला पत्रकारहरूको साझा संस्था नारी सञ्चार गृहले स्थापना गरेको नारी सञ्चार प्रोत्साहन अक्षयकोषमा ५० लाख रुपैयाँभन्दा बढी रकम जम्मा भएको छ। आइतबार झापाको बिर्तामोडमा आयोजित एक विशेष कार्यक्रमका बीच पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा संस्थाकी अध्यक्ष रेजिना गौतमले कोषमा ५० लाख पुगेको औपचारिक घोषणा गरिन्। संस्थाले २०६९ सालमा स्थापना भएको थियो र पत्रकार महिलाहरूको स्वास्थ्योपचार, लेखनवृत्ति तथा प्रोत्साहनका लागि अम्बिका भण्डारी अध्यक्ष रहेको बेला २०७५ सालदेखि यस अक्षयकोषको सुरुवात गरेको थियो। यो कोष महिला पत्रकारहरूलाई कठिन परिस्थितिमा सहयोग गर्ने, उनीहरूको लेखन क्षमतालाई प्रोत्साहन गर्ने र समग्रमा महिला पत्रकारितालाई सशक्त बनाउने पवित्र उद्देश्यका साथ अगाडि बढाइएको हो। संस्थाकी कोषाध्यक्ष स्वास्तिका…

Read More

झापा- झापाको दुई दिनको बसाई सकेर पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी विराटनगर फर्केकी छन् । झापाको औपचारिक दुई वटा कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी भई भण्डारी आइतबार अपराह्न विराटनगर फर्केकी हुन् । शुक्रवार साँझ विराटनगर हुँदै बिर्तामोड आएकी पूर्व राष्ट्रपति दुई दिन सिद्धार्थ होटलमा रहिन् । झापामा एमाले नेता एवम् झापा क्षेत्र नं. ४ का सांसद एलपी साँवा लिम्बू लगायतको नेतृत्वमा सञ्चालित सौर्य उर्जा परियोजनाको अवलोकन गरेर आइतबार उनी विराटनगर फर्केकी हुन् । सौर्य उर्जाका बारेमा सांसद लिम्बूले जानकारी गराएका थिए । शिवसताक्षी– ४ मा सञ्चालित झापा इनर्जीको अवलोकन गर्दै पूर्वराष्ट्रपतिको टोली हुलाकी मार्गबाट विराटनगर प्रस्थान गरेको मोरङका एमाले नेता सोमराज थापाले…

Read More

झापा– झापाको कनकाई नगरपालिका–२ धनुषकोटीस्थित माई खोलाको बीच भागमा एक बेवारिसे शव फेला परेको छ। शव सेतो रंगको कमिज र सुरुवाल लगाएको अन्दाजी ५० वर्षीय पुरुषको रहेको छ, जसको नाम, थर, र ठेगाना हालसम्म खुल्न सकेको छैन। स्थानीयवासीले शव देखेपछि इलाका प्रहरी कार्यालय सुरुङ्गामा जानकारी गराएका थिए। त्यसलगत्तै प्रहरी वरिष्ठ नायब निरीक्षक राधाकृष्ण दाहालको नेतृत्वमा टोली घटनास्थलमा खटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। शवको पहिचान तथा मृत्युको कारण पत्ता लगाउन अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

Read More

झापा– झापाको कमल गाउँपालिकामा मोटरसाइकल दुर्घटनामा परी एक सशस्त्र प्रहरीका सईको मृत्यु भएको छ। शनिवार साँझ ७:५५ बजे कमल गाउँपालिका–३ सानो केर्खास्थित पूर्वपश्चिम लोकमार्गमा प्र.१–०२–००५२प. ७०२९ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटनामा परेको थियो। उक्त दुर्घटनामा मोरङ कानेपोखरी गाउँपालिका–४ निवासी तथा इलाम बीओपी समालबुङ पोष्टमा कार्यरत ४८ वर्षीय सशस्त्र प्रहरी नायब निरीक्षक (सई) पुरनलाल राजवंशी गम्भीर घाइते भएका थिए। घाइते राजवंशीलाई तत्कालै बीएण्डसी अस्पताल, बिर्तामोड लगिएको थियो। उनलाई राति ९ बजे चिकित्सकहरूले मृत घोषित गरे। मोटरसाइकल प्रहरी चौकी केर्खाको नियन्त्रणमा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

Read More

झापा- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वर्षा लागिसकेकाले अब ठूलो आन्दोलन नहुने भएकाले उपयुक्त समयमा पार्टीले आन्दोलन गर्ने बताएका छन् । झापाको हल्दीबारीमा शनिवार सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टीले गरिरहेको आन्दोलन राजसंस्था र हिन्दू राष्ट्रका लागि मात्रै नभएको भन्दै उपयुक्त समयमा राप्रपाले ठूलो आन्दोलन गर्ने बताए। अध्यक्ष लिङ्देनले राप्रपाले गरिरहेको आन्दोलन राजसंस्था पुनःस्थापना, हिन्दू राज्यसँगै देशमा सुशासन र विकासका लागि पनि भएको बताए । जुनसुकै व्यवस्था आए पनि तीन दशकदेखि सीमित नेताले देशमा नेतृत्व गरिरहेकाले नेतृत्व परिवर्तनको आवश्यकता रहेको उनको भनाइ थियो । अध्यक्ष लिङ्देनले संविधानमा रहेका कतिपय कुरामा पार्टीको फरक मत रहे पनि कतिपय राम्रा रहेको उल्लेख गरे…

Read More

बिर्तामोड- युवा व्यवसायी पूर्वेली ढुवानी सेवा प्रा.लिका सञ्चालक निर्मल राज खत्रीले छोरी नाइरा खत्रीको जन्मदिनको अवसरमा दुई वटा सामाजिक संस्थामा रकम सहयोग गरेका छन् । उनले शनिवार एक संक्षिप्त कार्यक्रमकाबीच बिर्तामोड नगरपालिका वडा नम्बर ४ स्थित भक्तबारीमा रहेको तारा नमस्ते बालग्राम र मेघबारीमा रहेको सिद्दीविनायक कर्मयोग भवन निर्माणको लागि रकम सहयोग गरेका हुन् । खत्रीले बालग्राम सञ्चालक समितिका उपाध्यक्ष याम बिमलीलाई ५१ हजार रुपैयाँको चेक हस्तान्तरण गरे ।यस्तै कर्मयोग भवनको लागि निर्मलका बुवा छत्रबहादुर खत्रीको हातबाट संस्थाका प्रतिनिधि पत्रकार पुष्प खड्कालाई १५ हजार रुपैयाँको चेक हस्तान्तरण गरे । व्यवसायी खत्रीले विभिन्न बहानामा फजुल खर्च गर्नु भन्दा सामाजिक सेवाका लागि खर्च…

Read More

झापा– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले ‘समृद्ध नेपाल सुखी नेपाली’ को लक्ष्य हासिल गर्न विज्ञान तथा प्रविधि क्षेत्रमा भएका विकासलाई आत्मसात गर्न जरुरी रहेको बताएकी छन्। नेकपा एमाले कोशी प्रदेश कमिटीको विज्ञान तथा प्रविधि विभागले झापाको बिर्तामोडमा आयोजना गरेको तीन दिने प्रदेशस्तरीय विज्ञान प्रदर्शनीको आज (शनिबार) उद्घाटन गर्दै उनले सो कुरा बताएकी हुन्। बिर्तामोडमा रहेको देवी माध्यमिक विद्यालयमा आयोजित विज्ञान प्रदर्शनीको उद्घाटन उनले मोबाइल फोनको एप ‘टच’ गरेर दीप प्रज्वलन गरी गरिन्। प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको जिल्ला झापाबाट यस्तो कार्यक्रम सुरु हुनु राम्रो भएको भन्दै पूर्वराष्ट्रपति भण्डारीले आगामी दिनमा पनि यस्ता कार्यक्रम आयोजना हुनेमा विश्वास व्यक्त गरिन्। उनले…

Read More

झापा – अमेरिकाको भर्जिनिया राज्यमा एकै परिवारका चार नेपाली मृत अवस्थामा फेला परेका छन्। म्यानेसस पार्क प्रहरी विभागका अनुसार भर्जिनियाको म्यानेसस पार्कस्थित एक घरमा दुई बालबालिका, एक महिला र एक पुरुष मृत अवस्थामा भेटिएका हुन्। बिहीबार राति करिब १०ः४० बजे घरधनीले आफ्ना भाडामा बस्नेहरूलाई सुरक्षाको अनुगमन (welfare check) गरिदिन अनुरोध गरेपछि यो घटना सार्वजनिक भएको हो। घटनास्थलमा पुगेका प्रहरी अधिकारीहरूले घरको तल्लो तलामा प्रवेश गर्दा चार जना व्यक्तिको गोली प्रहारबाट मृत्यु भएको अवस्थामा फेला पारेको जानकारी दिए। प्रहरीका अनुसार मृत्यु हुनेमा ३८ वर्षीय सन्तोष परियार, ३६ वर्षीया अञ्जु श्रेष्ठ, एक २ वर्षीय बालक र ८ वर्षीया बालिका रहेका छन्। घटनास्थलबाट…

Read More