झापा– झापाको कनकाई नगरपालिका–२ धनुषकोटीस्थित माई खोलाको बीच भागमा एक बेवारिसे शव फेला परेको छ।
शव सेतो रंगको कमिज र सुरुवाल लगाएको अन्दाजी ५० वर्षीय पुरुषको रहेको छ, जसको नाम, थर, र ठेगाना हालसम्म खुल्न सकेको छैन।
स्थानीयवासीले शव देखेपछि इलाका प्रहरी कार्यालय सुरुङ्गामा जानकारी गराएका थिए। त्यसलगत्तै प्रहरी वरिष्ठ नायब निरीक्षक राधाकृष्ण दाहालको नेतृत्वमा टोली घटनास्थलमा खटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
शवको पहिचान तथा मृत्युको कारण पत्ता लगाउन अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
Facebook Comments Box
