झापा– झापाको कमल गाउँपालिकामा मोटरसाइकल दुर्घटनामा परी एक सशस्त्र प्रहरीका सईको मृत्यु भएको छ।
शनिवार साँझ ७:५५ बजे कमल गाउँपालिका–३ सानो केर्खास्थित पूर्वपश्चिम लोकमार्गमा प्र.१–०२–००५२प. ७०२९ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटनामा परेको थियो।
उक्त दुर्घटनामा मोरङ कानेपोखरी गाउँपालिका–४ निवासी तथा इलाम बीओपी समालबुङ पोष्टमा कार्यरत ४८ वर्षीय सशस्त्र प्रहरी नायब निरीक्षक (सई) पुरनलाल राजवंशी गम्भीर घाइते भएका थिए।
घाइते राजवंशीलाई तत्कालै बीएण्डसी अस्पताल, बिर्तामोड लगिएको थियो। उनलाई राति ९ बजे चिकित्सकहरूले मृत घोषित गरे।
मोटरसाइकल प्रहरी चौकी केर्खाको नियन्त्रणमा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।
Facebook Comments Box
