Author: खबरमञ्च

झापा- होलीका लागि बिक्री गर्न राखिएको निर्वाचनलाई प्रभावित पार्ने खालका बालेन अंकित ६१ वटा टिसर्ट शुक्रबार पनि झापामा बरामद भएको छ । बिहीबार २६२ वटा बरामद गरिएकोमा आज थप ६१ वटा टि–सर्ट बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शुक्रबार दमक क्षेत्रबाट ६१ वटा टि–सर्ट बरामद गरिएको सूचना अधिकारी डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

Read More

काठमाडौँ- जिल्ला आचारसंहिता अनुमगन समिति र अनुगमन अधिकृतसमक्ष कूल एक हजार ७६ उजुरी परेको छ । निर्वाचन आयोगका अनुसार प्राप्त भएका उजुरीमध्ये एक हजार ६१ अर्थात् ९९ प्रतिशत फर्छ्यौट भएको छ । प्रदेशगत रूपमा सबैभन्दा धेरै लुम्बिनी प्रदेशमा २४४ उजुरी परेका छन भने सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा ९६ उजुरी परेका छन् । प्राप्त उजुरीमध्ये ९७ लिखित र ९७९ टेलिफोन, एसएमएसलगायत अन्य स्रोतबाट प्राप्त भएका थिए । प्राप्त उजुरीमध्ये सबैभन्दा धेरै तोकिएको आकारभन्दा ठूला तुल ब्यानर र झण्डा प्रयोग गरेको रहेको आयोगले जनाएको छ । यस्तै, सामाजिक सञ्जालको दुरुपयोग गरेको, डिजे माइक बजाएर ध्वनि प्रदूषण गरेको उजुरी पनि परेको छ ।…

Read More

झापा- झापामा नेपाल कम्युनिष्ट पार्टी (बहुमत) का दुईजना प्रभावशाली कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेहरूमा उक्त पार्टीका केन्द्रीय सचिवालय सदस्य एवं १ नं. व्युरो इन्चार्ज ‘धमिल’ र झापा जिल्ला कमिटी सदस्य हेम अर्याल रहेका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार उनीहरूलाई हिजो दिउँसो करिब २ बजे बुद्धशान्ति क्षेत्रबाट पक्राउ गरिएको हो। निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोप लाग्दै आएको यस समूहका नेताहरूलाई नियन्त्रणमा लिएपछि प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जानकारी दिएको छ। यसैबीच, पार्टीका कार्यालय सचिव अविरलले एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त गिरफ्तारीको कडा शब्दमा भर्त्सना गरेका छन्। संगठनात्मक काममा रहेका नेताहरूलाई पक्राउ गरेर सरकारले न्यूनतम लोकतान्त्रिक अधिकारको समेत उल्लंघन…

Read More

झापा- नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले निर्वाचनको वातावरण बन्दै गएकाले दुविधामा नपर्न आग्रह गरेका छन् । नेपाल प्रेस युनियन झापाले आज मेचीनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले निर्वाचन सफल बनाउन निर्वाचन आयोग, सरकार, राजनीतिक दल र मिडियाको महत्त्वपूर्ण भूमिका रहनेमा जोड दिए। उनले भने, “निर्वाचन हुनका लागि वातावरण चाहिन्छ । अहिले वातावरण बनेको छ । निर्वाचनको विपक्षमा कोही दल थिए भने पनि अहिले उहाँहरू निर्वाचनमा सहभागी हुनुहुन्छ ।” निर्वाचन हुनका लागि अहिले बनेको अनुकूल वातावरणलाई थप अनुकूलतातर्फ लैजाने कर्तव्य राज्यको भएको उल्लेख गर्दै उनले निर्वाचनको वातावरणमा असर पुर्याउने आचारसंहिता विपरीतका कुनै गतिविधि नगर्न राजनीतिक दललाई आग्रह गरे । उपसभापति शर्माले…

Read More

झापा- नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले फागुन २१ गतेको प्रतिनिधिसभा चुनावबाट कांग्रेसलाई मुलुकको ‘पहिलो दल’ बनाउन मतदातालाई आग्रह गरेका छन् । झापा निर्वाचन क्षेत्र नं १ को बुद्धशान्ति–४ मा शनिबार आयोजित चुनावी कोणसभामा बोल्दै उनले आफू बदलिएर देश बदल्ने सङ्कल्प गरेको नेपाली कांग्रेसलाई मुलुकको सबैभन्दा ठूलो दल बनाउनुपर्ने बताए । “अहिले देशमा विषम परिस्थिति छ,” उनले भने, “चुनावमा हार्ने र जित्ने सामान्य कुरा हो । तर विषम परिस्थितिमा देशलाई कसले सम्हाल्न सक्छ, त्यो मुख्य कुरा हो । तसर्थ, मुलुकलाई सही नेतृत्व गरेर निकास निकाल्ने क्षमता भएको नेपाली कांग्रेसलाई जनताले जिताएर पहिलो पार्टी बनाउँछन् ।” उनले आवेगमा आएर लहैलहै र झोक्किएर…

Read More

झापा- राष्ट्रिय स्वतन्त्र पार्टीकी नेता तथा पूर्व उपसभामुख इन्दिरा राना मगरले झापा क्षेत्र नं. २ का लागि आफ्नो १३ बुँदे चुनावी घोषणापत्र सार्वजनिक गरेकी छन्। “वैज्ञानिक शहर र योजनाबद्ध विकास” लाई मुख्य एजेन्डा बनाउँदै उनले बिर्तामोड, अर्जुनधारा, सुरुङ्गा र बुधबारेलाई समेटेर ‘वैज्ञानिक सिटी मास्टरप्लान’ कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएकी छन्। उनको योजनामा यी शहरहरूमा स्मार्ट ट्राफिक व्यवस्थापन, साइकल लेन, फुटपाथ र हरित क्षेत्रको विस्तार गर्ने विषय प्राथमिकतामा रहेका छन्। घोषणापत्रमा बिर्तामोडको बसपार्क समस्या समाधान गर्नेदेखि लिएर ट्राफिक जाम, अव्यवस्थित तार र ढल निकासको स्थायी समाधान खोज्ने उल्लेख छ। स्थानीय हाटबजार र कृषि चोकलाई आधुनिकीकरण गर्ने र अलपत्र परेका विकास आयोजनाहरूलाई समयमै सम्पन्न…

Read More

झापा- बिर्तामोडको सुधार केन्द्रमा राखिएकी एक महिलाको मृत्यु भएको छ । अर्जुनधारा–११ स्थित क्षितिज महिला विकास सुधार केन्द्रमा राखिएकी शिवसताक्षी –१० माईधार बस्ने बर्ष–३२ की सुष्मा लिम्बूको मृत्यु भएको हो । मंगलबार बिहान ९.१५ बजे अचानक पेट दुखेर उपचारको लागि बीएण्डसी अस्पतालमा ल्याई उपचार गराउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । लिम्बूलाई अल्कोहिक भइ फागुन ३ गतेदेखि त्यहाँ राखिएको थियो । इलाका प्रहरी कार्यालय बिर्तामोडबाट टोली खटिएर अनुसन्धान भइरहेको जनाइएको छ । मंगलबार साँझ कानुनी प्रकृया पुरा गरी शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल पठाइएको छ ।

Read More

काठमाडौँ- राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, यही फागुन ४ गते बिहान १० बजेदेखि पाँच गते बिहानसम्म देशभर कूल १९ वटा विपदका घटना भएका छन् । त्यसमा १५ वटा त आगलागीका घटना भएका छन् । असावधानीका कारण आगलागीका घटनामा बृद्धि भएको प्राधिकरणको विवरणमा उल्लेख छ । हिउँदको मौसममा सामान्य सावधानी अपनाउँदा समेत रोक्न सकिने आगलानीका घटना भएको पाइएको छ । प्राधिकरणका अनुसार, तेह्रथुम, संखुवासभा, मोरङमा एक एक आगलागीका घटना हुँदा सिरहा, सर्लाही र स्याङजामा दुई÷दुई वटा आगलागीका घटना भएका छन् । यस्तै, बारा, पर्सा, रुपन्देही, बझाङमा पनि आगलागीका कारण भौतिक सम्पत्तिको क्षति भएको छ । संखुवासभा, सोलुखुम्बु र…

Read More

काठमाडौँ- शेर्पा समुदायले आज विभिन्न कार्यक्रम गरी ग्याल्पो ल्होसार पर्व मनाउँदै छन् । ल्हो अर्थात् वर्ष अनि छार अर्थात नयाँ भनिन्छन् । शेर्पा समुदायले यसलाई नयाँ वर्षका रुपमा मनाउँछन् । पर्वको अवसरमा शेर्पा समुदायमा आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसरफाइ गर्ने, नौ प्रकारको अन्न मिसाइएको परिकार गुथुक र खाप्से खाने तथा आपसमा शुभकामना आदानप्रदान गर्दै नयाँ वर्षको स्वागत गर्ने परम्परा रहेको छ । पारिवारिक एवं सामाजिक मेलमिलाप अभिवृद्धि गर्ने अवसरका रूपमा यस पर्वलाई लिइन्छ । नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदायलगायत महायान बौद्ध परम्परामा चन्द्रमास गणना गरी फागुन शुक्लपक्ष प्रतिपदा तिथिका दिन नयाँ वर्ष सुरु हुने…

Read More

झापा — मच्छिन्द्र फुटबल क्लब काठमाडौँले सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लबलाई ३–१ गोल अन्तरले हराउँदै ‘एक्स्ट्रिम सातौँ झापा गोल्डकप विनोद बस्नेत स्मृति संस्करण’को उपाधि चुमेको छ। अधिकांश स्थानीय झापाली खेलाडीहरू समेटिएको मच्छिन्द्रले झापा गोल्डकपको इतिहासमा पहिलोपटक यो गरिमामय ट्रफी उचाल्न सफल भएको हो। उपाधिसँगै मच्छिन्द्रले यो वर्षको नेपालकै सर्वाधिक राशिको पुरस्कार १५ लाख रुपैयाँ र आकर्षक ट्रफी प्राप्त गरेको छ। उपविजेता बनेको एपिएफले ७ लाख ५० हजार रुपैयाँमा चित्त बुझाएको छ। व्यक्तिगत विधातर्फ पनि मछिन्द्रकै वर्चस्व रह्यो। सर्वोत्कृष्ट खेलाडीमा पेमा तामाङ (मच्छिन्द्र)ले यामाहा मोटरसाइकल पाए। प्लेयर अफ द म्याचमा प्रदिप बुढाथोकी (मच्छिन्द्र)ले २५ हजार रुपैयाँ पाए। उत्कृष्ट गोलकिपर विशाल श्रेष्ठ…

Read More