झापा- बिर्तामोडको सुधार केन्द्रमा राखिएकी एक महिलाको मृत्यु भएको छ ।
अर्जुनधारा–११ स्थित क्षितिज महिला विकास सुधार केन्द्रमा राखिएकी शिवसताक्षी –१० माईधार बस्ने बर्ष–३२ की सुष्मा लिम्बूको मृत्यु भएको हो ।
मंगलबार बिहान ९.१५ बजे अचानक पेट दुखेर उपचारको लागि बीएण्डसी अस्पतालमा ल्याई उपचार गराउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।
लिम्बूलाई अल्कोहिक भइ फागुन ३ गतेदेखि त्यहाँ राखिएको थियो । इलाका प्रहरी कार्यालय बिर्तामोडबाट टोली खटिएर अनुसन्धान भइरहेको जनाइएको छ ।
मंगलबार साँझ कानुनी प्रकृया पुरा गरी शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल पठाइएको छ ।
Facebook Comments Box
