झापा– झापामा नेपाल कम्युनिष्ट पार्टी (बहुमत) का दुईजना प्रभावशाली कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेहरूमा उक्त पार्टीका केन्द्रीय सचिवालय सदस्य एवं १ नं. व्युरो इन्चार्ज ‘धमिल’ र झापा जिल्ला कमिटी सदस्य हेम अर्याल रहेका छन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार उनीहरूलाई हिजो दिउँसो करिब २ बजे बुद्धशान्ति क्षेत्रबाट पक्राउ गरिएको हो।
निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोप लाग्दै आएको यस समूहका नेताहरूलाई नियन्त्रणमा लिएपछि प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जानकारी दिएको छ।
यसैबीच, पार्टीका कार्यालय सचिव अविरलले एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त गिरफ्तारीको कडा शब्दमा भर्त्सना गरेका छन्।
संगठनात्मक काममा रहेका नेताहरूलाई पक्राउ गरेर सरकारले न्यूनतम लोकतान्त्रिक अधिकारको समेत उल्लंघन गरेको दाबी गर्दै उनले पक्राउ परेका दुवैजनालाई तत्काल रिहा गर्न माग गरेका छन्।
