Author: खबरमञ्च

झापा- झापाको दमकमा बुधबार दिउँसो टिपर र मोटरसाइकल एक आपसमा ठक्कर खाँदा दुईजना युवाको ज्यान गएको छ। दमक नगरपालिका–१ स्थित बरगाछीमा भएको उक्त दुर्घटनामा परी इलामको चुलाचुली गाउँपालिकाका दुई युवकको मृत्यु भएको हो। प्रहरीका अनुसार बुधबार दिउँसो ३:३० बजे दमकबाट रामचोकतर्फ जाँदै गरेको मे १ ख २८८४ नम्बरको टिपर र दुर्गा मन्दिरबाट पेल्टीमारीतर्फ जाँदै गरेको प्र.१–०१–०१८ प ८३०३ नम्बरको मोटरसाइकल बरगाछीस्थित भित्री सडकखण्डमा एकापसमा ठोकिएका थिए। दुर्घटनामा परेर मोटरसाइकलमा सवार इलामको चुलाचुली गाउँपालिका–४ का २२ वर्षीय प्रवेश राई र सोही स्थानका १९ वर्षीय जनम राई गम्भीर घाइते भएका थिए। उनीहरूलाई तत्काल उपचारका लागि दमक अस्पताल पुर्‍याइएको भए तापनि उपचारकै क्रममा…

Read More

झापा- बिर्तामोडका दुई युवा नेता बलराम कार्की र अर्जुन मैनाली राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन् । नेपाली कांग्रेसका जिल्ला सदस्य तथा बिर्तामोड उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कार्कीले सामाजिक संजालमा आजका मितिदेखि नेपाली कांग्रेसको जिल्ला सदस्यसहित साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको जानकारी दिएका छन् । त्यस्तै नेकपा एमालेका युवा नेता तथा बिर्तामोड उद्योग वाणिज्य संघका निवर्तमान महासचिवसमेत रहेका अर्जुन मैनालीले पनि एमाले पार्टी परित्याग गर्दै रास्वपामा प्रवेश गरेका छन् । मैनालीले आज सामाजिक सञ्जालमार्फत रास्वपा नेता बालेन शाह तथा स्थानीय रास्वपा नेताहरूसँगको फोटो सार्वजनिक गर्दै एमाले परित्याग गरेको घोषणा गरेका हुन्। उनले सार्वजनिक गरेको वक्तव्यमा आजदेखि एमाले परित्याग…

Read More

झापा – बिर्तामोड नगरपालिकाका पूर्व मेयर ध्रुवकुमार शिवाकोटीले जबरजस्ती करणीको मुद्दामा अदालतबाट सफाइ पाएका छन्। झापा जिल्ला अदालतका न्यायाधीश अम्बिकाप्रसाद दाहालको इजलासले शिवाकोटी विरुद्धको दाबी नपुग्ने भन्दै उनलाई निर्दोष ठहर गर्ने फैसला सुनाएको हो। नेपाल सरकार वादी रहेको यस मुद्दामा शिवाकोटीमाथि आफ्नै घरमा घरेलु कामदारका रूपमा रहेकी १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोप लगाइएको थियो। सोही अभियोगमा २०८१ पुस १९ गते उनी विरुद्ध अदालतमा मुद्दा दर्ता भएको थियो। यसअघि, झापा जिल्ला अदालतले थुनछेक बहसका क्रममा शिवाकोटीलाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। तर, उक्त आदेश विरुद्ध शिवाकोटीले गरेको पुनरावेदनमा उच्च अदालत इलाम इजलासले उनलाई धरौटीमा छाड्न आदेश दिएको…

Read More

झापा – भद्रपुर विमानस्थलमा ठूलो परिमाणमा लागुऔषधसहित एक युवती पक्राउ परेकी छन्। सोमबार साँझ ५:३५ बजे यति एयरलाइन्सको फ्लाइट नं. ९२६ मार्फत भद्रपुरबाट काठमाडौं जान लागेकी २६ वर्षीया रोशनी बुढा पक्राउ परेकी हुन्। बिमानस्थल सुरक्षा गार्डको टोलीले शरीर सर्च गर्ने क्रममा उनको सुरुवालको दुईवटै गोजीमा राखिएको २ वटा प्लास्टिकको पोकामा १४४.४०० ग्राम ब्राउनसुगर बरामद गरेको थियो। रोशनी बुढा हुम्ला खार्पुनाथ गाउँपालिका–२ घर भएकी हुन्। हाल उनी भारतको कोलकातास्थित ‘स्वंव जापानिज रेष्टुरेन्ट’मा विगत दुई वर्षदेखि वेटरको काम गर्दै आएकी थिइन्। पक्राउ परेकी युवतीलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापामा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More

झापा- यहाँको गौरादह नगरपालिका—४ मा सोमबार साँझ ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । गौरादहबाट स्कुलचनतर्फ जाँदै गरेको प्र न १–०१–००१ त ९७२० नम्बरको ट्र्याक्टर अनियन्त्रित भई गौरादह–४ स्थित रामचन्द्रे खोलाको पुलबाट खोलामा खसको थियो । दुर्घटनामा मोरङ रतुवामाई नगरपालिका–८ की ३८ वर्षीया स्वस्तिका मर्डीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्र खड्काले जानकारी दिए । दुर्घटनामा गम्भीर घाइते भएकी उनलाई उपचारका लागि निम्स अस्पताल दमक पुर्याइएकामा चिकित्सकले मृत घोषित गरेको उनले बताए । दुर्घटनामा ११ जना घाइते भएका छन् । घाइतेहरूको निम्स अस्पताल दमकमा उपचार भइरहेको छ ।…

Read More

झापा- झापाको भद्रपुर नगरपालिकामा आइतबार साँझ भएको सवारी दुर्घटनामा परी एक जना पैदलयात्रीको मृत्यु भएको छ। भद्रपुर नगरपालिका वडा नं. २ स्थित सगरमाथा चोकमा बनियानीबाट पृथ्वीनगरतर्फ आउँदै गरेको मे ७ प २०३४ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा स्थानीय ६४ वर्षीय कुल प्रसाद खरेलको ज्यान गएको हो। ​प्रहरीका अनुसार आइतबार साँझ करिब ६:२० बजेको समयमा भएको उक्त दुर्घटनामा परी खरेल गम्भीर घाइते भएका थिए। उनलाई तत्काल उपचारका लागि भद्रपुरस्थित ओमसाई पाथीभरा अस्पताल पुर्‍याइएको भए पनि चिकित्सकले चेकजाँचका क्रममा मृत घोषणा गरेका थिए। मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक मेची अस्पताल भद्रपुर पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। ​दुर्घटनामा मोटरसाइकल चालक भद्रपुर नगरपालिका वडा…

Read More

झापा- “क्यान्सरमुक्त भविष्यका लागि युवा” विषयक वक्तृत्वकला प्रतियोगितामा निदि माध्यमिक विद्यालय बिर्तामोडकी सोफिया खड्का प्रथम भएकी छन् । पूर्वाञ्चल क्यान्सर अस्पतालको आयोजनामा कक्षा ११ र १२ का विद्यार्थीहरूका लागि झापा जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको थियो । प्रतियोगितामा गोमेन्द्र कलेज बिर्तामोडकी यमुना निरौला द्वितीय र इस्ट होराइजन माध्यमिक विद्यालय मेचीनगरकी सदीक्षा अधिकारी तृतीय भएको अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरीले जानकारी दिए । प्रतियोगितामा जिल्लाभरका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो । प्रतियोगितामा सहभागी विद्यार्थीहरूले क्यान्सर रोकथाम, जनचेतना, जीवनशैली सुधार तथा युवाको भूमिकाबारे प्रभावकारी रूपमा आ–आफ्ना विचार प्रस्तुत गरेका थिए । वक्तृत्वकलामार्फत युवाहरूले क्यान्सरमुक्त समाज निर्माणमा योगदान दिन सक्ने सन्देश व्यक्त गरेका…

Read More

झापा- झापामा लागूऔषधसहित तीनजना पक्राउ परेका छन् । शनिबार दिउँसो १ बजे भद्रपुर –४ डाँगीवारीमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भद्रपुर– ४करेला चोक बस्ने ४८ वर्षीय भवानी लिम्बूलाई नियन्त्रणमा लिएको हो । शंका लागेर चेकजाँच गर्ने क्रममा साइकल चालक लिम्बूले मलद्वाराभित्र प्लाष्टिकको पोका पारी प्लाष्टिकबाहेक ४ग्राम ८१० मिलिग्राम ब्राउनसुगर लुकाएका थिए । त्यस्तै हिजो दिउँसो ४बजे इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले मेचीनगर– ६ साठीबिघामा भारतको पानीट्यांकी हाँडीगाउँबाट मेची खोलाको बाटो हुँदै आउँदै गरेका बुद्धशान्ति वडा नं. ३ राधा टोल बस्ने २६वर्षीय कविन्द्र बस्नेत र सोही ठाउँ बस्ने २५ वर्षीय श्याम धिमाललाई पक्राउ गरेको हो…

Read More

झापा- झापाको मेचीनगर नगरपालिका–१३ स्थित चारआलीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। पाँचथर जिल्लाको फिदिम नगरपालिका–४ स्थायी घर भई विगत ९–१० वर्षदेखि चारआली क्षेत्रमा मागी खाई हिँड्ने ३८ वर्षीय तपस नेपाली मृत फेला परेका हुन्। गएराति मेचीनगर–१३ चारआली निवासी जीवन कार्कीको घरको वरन्डामा नेपाली मृत अवस्थामा भेटिएका थिए। स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय धुलाबारीबाट प्रहरी निरीक्षक नकुलराज गौतमको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो। प्रहरीले घटनास्थलको प्रारम्भिक अनुसन्धान र कानुनी प्रक्रिया पुरा गरेको छ। मृतकका आफन्तलाई समेत घटनाबारे जानकारी गराइएको प्रहरीले जनाएको छ।

Read More

झापा- झापाको दमक नगरपालिका वडा नं. ४ चिया दोकानस्थित एक फर्निचर उद्योगमा काम गर्ने क्रममा मेसिनले हात काटिएर एक कामदार गम्भीर घाइते भएका छन्। शनिबार बिहान करिब ६:१५ बजेको समयमा स्थानीय युवराज बुढाथोकीले सञ्चालन गरेको न्यु पाथिभरा फर्निचर उद्योगमा उक्त दुर्घटना भएको हो। घाइते हुनेमा मोरङको रतुवामाई नगरपालिका वडा नं. ४ बस्ने ४० वर्षीय विर बहादुर ताजपुरिया रहेका छन्। उद्योगमा काठ चिर्ने क्रममा अचानक मेसिनले भेट्दा उनको बायाँ हात काटिएर शरीरबाट छुट्टिएको (चुडिएको) प्रहरीले जनाएको छ। दुर्घटना लगतै उनलाई उद्धार गरी उपचारका लागि दमकस्थित आम्दा अस्पताल लगिएको थियो। त्यहाँ सामान्य उपचार गरे पश्चात थप उपचार र शल्यक्रियाका लागि उनलाई विराटनगरस्थित…

Read More