झापा – भद्रपुर विमानस्थलमा ठूलो परिमाणमा लागुऔषधसहित एक युवती पक्राउ परेकी छन्।
सोमबार साँझ ५:३५ बजे यति एयरलाइन्सको फ्लाइट नं. ९२६ मार्फत भद्रपुरबाट काठमाडौं जान लागेकी २६ वर्षीया रोशनी बुढा पक्राउ परेकी हुन्।
बिमानस्थल सुरक्षा गार्डको टोलीले शरीर सर्च गर्ने क्रममा उनको सुरुवालको दुईवटै गोजीमा राखिएको २ वटा प्लास्टिकको पोकामा १४४.४०० ग्राम ब्राउनसुगर बरामद गरेको थियो।
रोशनी बुढा हुम्ला खार्पुनाथ गाउँपालिका–२ घर भएकी हुन्। हाल उनी भारतको कोलकातास्थित ‘स्वंव जापानिज रेष्टुरेन्ट’मा विगत दुई वर्षदेखि वेटरको काम गर्दै आएकी थिइन्।
पक्राउ परेकी युवतीलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापामा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Facebook Comments Box
