Author: खबरमञ्च
झापा- आयोजनाको काम गर्न दिने र नदिनेबीचको तनावका माझ ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा निर्माण गरिने केवलकार निर्माणको काम पुनः सुरु गरिएको छ। आयोजनाको बटम स्टेशनमा स्काभेटर प्रयोग गरेर केबरकार निर्माण कार्य सुरु गरिएको हो। निर्माण कम्पनी हिमालयन कन्स्ट्रक्सनका प्रोपाइटर इन्द्र केदेमका अनुसार मंगलवार बिहानबाट बटम स्टेशन क्षेत्रबाट काम अघि बढाइएको हो। केदेमले आगामी १५ महिनाभित्र केवलकार निर्माण कार्य सम्पन्न गर्ने लक्ष्यका साथ काम अघि बढाइएको बताए। गत कात्तिक २३ गते बटम स्टेशन क्षेत्रमा केवलकार निर्माणको शिलान्यास गरिएको थियो। उक्त दिन केवलकार निर्माणको विरोध र समर्थन गर्ने पक्षहरूबीच झडपसमेत भएको थियो। झडपका क्रममा केही व्यक्ति घाइतेसमेत भएका थिए। निर्माण सामाग्रीसहित स्काभेटर…
झापा- मलद्वारमा १० ग्रामभन्दा बढी ब्राउनसुगर लुकाएर ल्याउने दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कनकाई नगरपालिका वडा न.८ बस्ने २५ वर्षीय सुमन राजवंशी र अर्जुनधारा नगरपालिका वडा न.५ बस्ने ३० वर्षीय प्रबिण गिरी रहेका छन् । सोमबार साँझ ६ः१५ बजे झापा गाउँपालिका वडा नम्वर –५ पन्थापडामा खटिएको गस्ती टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र १–०१–०१६ प ९००९ नम्बरको मोटरसाइकललाई शंका लागेर चेकजाँच गर्ने क्रममा सोही मोटरसाइकल पछाडी सवार राजवंशीले मलद्वारमा प्लाष्टिकले पोका पारी लुकाइ छिपाइ ल्याउँदै गरेको १२ ग्राम २० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो । प्लाष्टिकबाहेक १० ग्राम १५ मिलिग्राम ब्राउनसुगर र मोटरसाइकलसहित मोटरसाइकल चालक गिरी र राजवंशीलाई…
झापा- कोशी प्रदेशका पूर्वमुख्यमन्त्री उद्धव थापालाई सुविधा दिने प्रदेश सरकारको निर्णयमाथि उच्च अदालत विराटनगरले अंकुश लगाएको छ। सरकारको निर्णयपछि सवारी सुविधा लिँदै आएका थापा सत्तारुढ दल नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता हुन्। न्यायाधीश राजेन्द्र अधिकारी र केशवप्रसाद बास्तोलाको संयुक्त इजलासले थापालाई सवारी सुविधा दिने सरकारको निर्णय तत्काललाई कार्यान्वयन नगर्न सोमबार अन्तरिम आदेश जारी गरेको छ। प्रदेशको मन्त्रिपरिषद् बैठकले पूर्वमुख्यमन्त्री एवं कांग्रेस संसदीय दलका नेता थापालाई एउटा हलुका सवारी साधन, एकजना सवारी चालक र मासिक १ सय २५ लिटर इन्धन उपलब्ध गराउने निर्णय गत असोज १३ गते गरेको थियो। उक्त निर्णय राजपत्रमा प्रकाशित भएपछि थापाले सुविधा लिँदै आएका थिए। सरकारले…
झापा- वन विभागबाट रुख कटान अनुमति प्राप्त नहुँदा मदन भण्डारी राजमार्गको सडक र पुल निर्माण प्रभावित भएको छ । राजमार्गको पूर्वी खण्डअन्तर्गत झापाको बाहुनडाँगीबाट सुनसरीको धरानसम्म ९५ दशमलव आठ किलोमिटर सडक हाल निर्माणाधीन छ । उक्त खण्डमा ३७ वटा पुल छन् । वन विभागबाट रुख कटान अनुमति नआउँदा मुख्य सडक र पुलको पहुँचमार्ग निर्माणमा विलम्ब भइरहेको मदन भण्डारी राजमार्ग आयोजना कार्यालय दमकका सूचना अधिकारी सुभाषकुमार दत्तले बताए। उनका अनुसार झापा, इलाम, मोरङ र सुनसरी जिल्लाको २४ दशमलव ५४ किलोमिटर राजमार्ग वन क्षेत्रमा पर्दछ । वनको ५१ हेक्टर जग्गामा १३ हजार आठ सय ३४ वटा रुख कटान गर्नुपर्ने भएकाले भोगाधिकार र…
झापा- झापाको बुद्धशान्तिमा बोलेरो र अटो ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । सोमबार बिहान १०.४५ बजे बुद्धशान्ति –४ हापेन चोकस्थित मेची राजमार्गमा चारआलीबाट इलामतर्फ जाँदै गरेको प्र.१–०१–००१ ज ३८५१ नं को बोलेरो गाडी र विपरित दिशाबाट आउँदै गरेको प्र.१–०१–००२ ह ३६३ नम्बरको अटो एक आपसमा ठक्कर खाइ दुर्घटना भएको हो । दुर्घटनामा अटोमा सवार बुद्धशान्ति ४ बस्ने २१ वर्षीया कृतिका तामाङ , सोही ठाउँ बस्ने २७ वर्षीया अमृता तामाङ, ४१ वर्षीया मन्जु तामाङ र बोलेरो चालक मेचीनगर नगरपालिका १२ बस्ने ४० वर्षीय दिलकुमार माझी घाइते भएका थिए । घाइतेहरूलाई सिटी अस्पताल बुधबारेमा उपचारका लागि…
काठमाडौँ- प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय हितलाई तिलाञ्जली दिएर सत्तामा जाने काममा एमाले नलाग्ने बताएका छन्। सोमवार काठमाडौंमा नेकपा (एमाले) परराष्ट्र मामिला विभागद्वारा आयोजित ‘नेपालमा परराष्ट्र नीतिबारे संवाद’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालले आफ्नो भूअवस्थालाई नबिर्सिएको र भूराजनीतिका नाममा सत्ता स्वार्थमा जाने, सत्ता प्राप्ति वा सत्तामा रहनका लागि जेसुकै पनि निर्णय गर्ने काम एमालेले नगर्ने बताए । उनले राष्ट्रिय हितलाई तिलाञ्जली दिन तयार हुने जस्ता स्तरहीन, अनैतिक कामहरु एमालेले नगर्ने बताए । उनले भूराजनीतिलाई अपजस लगाउनु भनेको आफ्नो कायरतालाई लुकाउने काम मात्रै भएको बताए। उनले राष्ट्रिय हितमा अडान लिन सक्नुपर्ने बताए । भूराजनीति भनेको सावधानी, सन्तुलित…
पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलगायत सातै जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश माग गर्दै उच्च अदालत पोखरामा निवेदन दर्ता भएको छ। जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले सोमबार उच्चमा निवेदन दर्ता गरेको हो। जिल्ला अदालत कास्कीको आदेशको बदर माग गर्दै निवेदन आएको उच्च अदालत पोखराका नायव सुब्बा राजेन्द्र अर्यालले पुष्टि गरे । सरकारी वकिलको कार्यालयले दर्ता गराएको निवेदनको पेशी मंगलबारलाई तोकिएको छ। जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजालसले सूर्यदर्शन सहकारी प्रकरणमा हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित सातै जनालाई धरौटीमा छोड्ने थुनछेक आदेश जारी गरेको थियो। पुस २५ गते जारी भएको थुनछेक आदेशले रवि लामिछानेलाई ६५…
काठमाडौँ- सरकारले संघीय संसद्को हिउँदे अधिवेशन माघ १८ गते बोलाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले माघ १८ गते शुक्रबार दिउँसो १ बजे संसद बैठक बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको हो । अधिवेशन बोलाउने विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार दिउँसो सभामुख देवराज घिमिरेसंग परामर्श गरेका थिए। विपक्षी दलहरूले पनि तत्काल अधिवेशन बोलाउन सरकारसंग माग गर्दै आएका छन्। उनीहरूले विशेष अधिवेशन माग गर्ने चेतावनी दिएका छन्।
बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवको तयारी पूरा, मुख्यमन्त्री कार्कीले उद्घाटन गर्ने
झापा- झापाको प्रमुख व्यापारिक केन्द्र विर्तामोडमा दुई लाख अवलोकनकर्ता भित्र्याउने लक्ष्यका साथ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवको तयारी पूरा भएको छ । सोमबार बिर्तामोड उद्योग वाणिज्य संघले महोत्सवस्थलमा पत्रकार सम्मेलन गरेर महोत्सवको तयारी पूरा भएको जानकारी दिएको हो। कोशी प्रदेशकै अर्थतन्त्रलाई चलायमान तुल्याउने र स्थानीय उत्पादनको प्रवर्द्धन गरिने महोत्सवमा एक सय ५०सुविधासम्पन्न व्यापारिक प्रर्दशनी कक्ष रहने विर्तामोड उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजु न्यौपानेले जानकारी दिए। यही माघ ८ देखि १९ गतेसम्म विर्तामोडकोे वडा नं ५ मा महोत्सव सञ्चालन हुने भएको छ । जहाँ एक सय १८ प्रर्दशनी कक्ष अट्ने नेपालको सबैभन्दा ठूलो ह्याङ्गर प्रयोगमा ल्याइने भएको छ । महोत्सवको कोशी प्रदेशका…
बनियानी (झापा)- नवीनतम् प्रविधिबाट मकैखेती हुने भएपछि यहाँका किसान उत्साहित भएका छन् । खनजोत नै नगरी धान रोपेको खेतमा सोझै मकै बाली लगाउन सकिने भएपछि किसान उत्पासाहित भएका हुन् । झापा बाह्रदशी गाउँपालिका–६ किसान माता सोरेनले भने, “मकै रोप्ने बेलामा उम्रिन्छ जस्तो लाग्दैन थियो, अहिले उम्रिएको बिरुवा हेर्दा खेती राम्रै हुन्छ जस्तो छ ।” मकैखेतीका लागि एक बिघामा खनजोतमा मात्र रु १० हजारदेखि १२ हजार खर्च हुने उनले बताए। “पहिलोपटक यसरी खेती गरिरहेको छु”, मकै उम्रिएपछि उत्साहित हुँदै उनले भने, “पहिलोपटक भएकाले के कसरी गर्ने भन्ने अनुभव छैन, उत्पादन राम्रो भयो भने अर्को वर्षदेखि यसरी नै खेती गर्छु ।” ‘कृषकलाई…