काठमाडौँ- सरकारले संघीय संसद्को हिउँदे अधिवेशन माघ १८ गते बोलाउने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले माघ १८ गते शुक्रबार दिउँसो १ बजे संसद बैठक बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको हो ।
अधिवेशन बोलाउने विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार दिउँसो सभामुख देवराज घिमिरेसंग परामर्श गरेका थिए।
विपक्षी दलहरूले पनि तत्काल अधिवेशन बोलाउन सरकारसंग माग गर्दै आएका छन्। उनीहरूले विशेष अधिवेशन माग गर्ने चेतावनी दिएका छन्।
Facebook Comments Box