झापा- झापाको बुद्धशान्तिमा बोलेरो र अटो ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् ।
सोमबार बिहान १०.४५ बजे बुद्धशान्ति –४ हापेन चोकस्थित मेची राजमार्गमा चारआलीबाट इलामतर्फ जाँदै गरेको प्र.१–०१–००१ ज ३८५१ नं को बोलेरो गाडी र विपरित दिशाबाट आउँदै गरेको प्र.१–०१–००२ ह ३६३ नम्बरको अटो एक आपसमा ठक्कर खाइ दुर्घटना भएको हो ।
दुर्घटनामा अटोमा सवार बुद्धशान्ति ४ बस्ने २१ वर्षीया कृतिका तामाङ , सोही ठाउँ बस्ने २७ वर्षीया अमृता तामाङ, ४१ वर्षीया मन्जु तामाङ र बोलेरो चालक मेचीनगर नगरपालिका १२ बस्ने ४० वर्षीय दिलकुमार माझी घाइते भएका थिए ।
घाइतेहरूलाई सिटी अस्पताल बुधबारेमा उपचारका लागि लगिएको थियो । त्यहाँबाट थप उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएकोमा अस्पताल पुर्याउनासाथ चिकित्सकले अमृतालाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
