Author: खबरमञ्च
झापा- नेपालको एक प्रतिष्ठित गोल्डकप फुटबल प्रतियोगिताको रुपमा परिचय बनाएको झापा गोल्डकपले झापा एफसीसँग सहकार्य गर्नका लागि सम्झौता गरेको छ। मंगलबार झापाको बिर्तामोडमा एक कार्यक्रमकाबीच झापा गोल्डकप र झापा एफसीबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो। झापा गोल्डकपको तर्फबाट अध्यक्ष केदार गिरी र झापा एफसीका तर्फबाट अध्यक्ष अर्पण खड्काले सम्झौता पत्रमा हस्ताक्षर गरे। फुटबल कार्यक्रम तथा प्रतियोगिताहरूमा दुवै पक्षको सक्रिय सहभागिता, ग्रास रुट, महिला फुटबल विकासमा सहकार्य, प्राविधिक र प्रशासनिक काममा आपसी सहयोग, पूर्वधार विकासमा सहकार्य, संस्थागत प्रवर्द्धन तथा ब्रान्डिङमा सहकार्य लगायका कार्यक्रमहरू सम्झौता पत्रमा उल्लेख गरिएको छ । कार्यक्रममा झापा गोल्डकपका निर्वमान अध्यक्ष विनोद बस्नेतले झापामा फुटबलको बिकास गर्दै राष्ट्रिय…
झापा- बिर्तामोड नगरपालिकामा देखिएका विसंगति, अनियमितता तथा भ्रस्टाचारविरुद्ध राष्ट्रिय प्रजातन्त्र पार्टी बिर्तामोड नगर समितिले आइतबार नगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ। दिउँसो नगरपालिका कार्यालयमा उपस्थित भएर बिर्तामोड नगर समितिका सदस्य तथा राप्रपाका कार्यकर्ताले बिर्तामोड नगरपालिकाका कार्यवाहक मेयर नगेन्द्रप्रसाद संग्रौलालाई ज्ञापनपत्र बुझाएका हुन्। बिर्तामोड नगर अध्यक्ष लक्ष्मी गौतम नेतृत्वको टोलीले ज्ञापनपत्र बुझाएको हो। उनीहरू २८ बुँदा उल्लेख गरेर ज्ञापन पत्र बुझाए।
झापा- झापाको कचनकवल–६, बनियानीमा पुराणको प्रसाद खाएर १८ जना विरामी भएका छन् । पशुपति दाहालको वार्षिकीमा विष्णु दाहालको घरमा तीन दिनदेखि लगाइएको पुराणको प्रसाद खाएर ३ जना बालबालिकासहित १८ जना विरामी भएका हुन् । विरामीको संख्या बढ्दै गएको छ । शनिवार बेलुका प्रसाद खाएकोमा आइतबार बिहानदेखि उनीहरूलाई ज्वरो आउने, टाउको दुख्ने, बान्ता हुनेजस्ता समस्या देखिएको छ । बिहान साढे ११ बजे शुरुमा एकजना वृद्धा विरामी भएर आएकोमा त्यसपछि अरु पनि आउन थालेको प्राथमिक स्वास्थ्य केन्द्र, बनियानीका चिकित्सक डा. दिपेन राजवंशीले बताए । उनले स्वास्थ्य केन्द्र विरामीले भरिसकेको जानकारी दिए । भर्ना भएकामध्ये १२ जना निको भएको र केहीलाई रेफर गर्ने…
झापा- स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले झापाको बुद्धशान्ति अस्पतालले सञ्चालन गरेको भागिरथा बुद्धशान्ति अस्पतालको नामबारे समस्या तुरुन्त समाधान गरिदिने वचन दिएका छन्। पाँचथरबाट इलाम हुँदै काठमाडौँ फर्कने क्रममा आइतबार झापाको बुद्धशान्ति गाउँपालिकाले सञ्चालन गरेको भागिरथा बुद्धशान्ति अस्पतालको निरीक्षण गर्दै स्वास्थ्यमन्त्री पौडेलले भए आइतबार नै नभए सोमबारसम्ममा उक्त समस्याबारे क्याबिनेटबाट निर्णय गराउने आश्वासन दिएका हुन्। उनले भने, ‘सबै पालिकाहरूले सञ्चालन गरेका अस्पतालहरूको नाममा एक रुपता अथवा एकै खाले होस् भन्ने हो। तर यहाँ विशेष परिस्थिति रहेछ। जनताको माग पनि त्यही भएकाले यस्लाई तुरुन्त समाधान गर्छु।’ भागिरथा बुद्धशान्ति अस्पतालका लागि प्रथम महिला प्रधानपञ्च भागिरथा न्यौपानेको नाममा उनका परिवारले १५ कठ्ठा जमिन दान…
मङ्गलबारे (इलाम)- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले अब अस्पतालमा स्वास्थ्य बिमाको औषधि छैन भन्न नपाइने बताएका छन्। इलाम अस्पतालको आज अनुगमन गर्दै उनले स्वास्थ्य बिमा बोर्डले तोकिएका औषधि अस्पतालमा अनिवार्य हुनुपर्ने बताए। उनले भने, “अब पनि औषधि छैन भन्नु गैरकानुनी हो ।” उनले तोकिएका औषधि अनिवार्य राख्नुपर्ने बताए। सरकार तथा स्वास्थ्य बिमा बोर्डले ९८ प्रकारका औषधि तोकेको छ । तोकिएका औषधि अनिवार्य राख्न उनले निर्देशन दिए । उनले चिकित्सकले लेखेका औषधि छैन भनेर पन्छिने छुट अब सरकारी अस्पताललाई नभएको बताए । त्यसका लागि स्वास्थ्य मन्त्रालयले आवश्यक काम अगाडि बढाएको उनको भनाइ छ । बिमाका केही व्यवस्थापनमा समस्या भए पनि यसलाई…
काठमाडौँ- सशस्त्र प्रहरी बल नेपालले गोरखाको साम्दो इलाकामा पर्ने पदमार्गमा यात्रा गर्दा साबधानी अपनाउन अनुरोध गरेको छ । चुमनुब्री–१ साम्दो क्षेत्रमा हाल ३ फिटसम्म हिउँ परेकोले सो पदमार्गमा यात्रा गर्ने पर्यटकहरूलाई सावधान रहन भनेको हो । केही दिन यता भएको भारी हिमपातले बाटोघाटो अवरुद्ध भएपछि बिओपी साम्दोले हिउँ पन्छाउने कार्य पनि निरन्तर गरिरहेको छ । यसैगरी उत्तरतर्फका पदमार्गका कतिपय ठाउँमा हाल सशस्त्र प्रहरी बल नेपालका बोर्डर आउट पोस्ट स्थापना भइसकेका र अन्य स्थानमा पनि बिओपी स्थापना गरिने योजना रहेकोले हाल रहेका बिओपीहरूले ती क्षेत्रमा बिपद् उद्वारलाई पनि उच्च प्राथमिकता राखेर कार्य गरिरहेको छ । हाल उत्तरतर्फ १० वटा बिओपी रहेकोमा…
झापा- इलाममा पुल निर्माणमा कार्यरत एक कामदार सुतेकै ठाउँमा मृत फेला परेका छन् । इलाम रोङ– ३ काजीटारमा पुल निर्माणको काम गर्ने उदयपुरका २४ वर्षीय सबिन खड्का कटेरोभित्र मृत फेला परेका हुन् । गएराति ११ बजे कटेरोमा बसेर खड्काले मादक पदार्थ सेवन गरेका थिए । बाहिर निस्केकोमा उनका साथी नेपालसिंह कुरुम्बाङले बोलाउँदा नबोलेपछि बाहिर निस्केर हेर्दा कटेरोको ढोका अगाडी खड्का मृत फेला परेको प्रहरीले जनाएको छ । उनले विगत चार दिनदेखि पुल निर्माणको काम गर्दै आएका थिए । प्रहरी चौकी हर्कटेबाट प्रहरी टोली खटिएर घटनास्थल सुरक्षित राखेको जनाइएको छ ।
झापा- शुक्रबार बिहानको राति सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ६.१ रेक्टर स्केलको भूकम्प गएको छ। भूकम्पको ठूलो धक्का काठमाडौँ उपत्यकासहित आसपासका क्षेत्रमा महसुस भएको छ। शुक्रबार राति दुई बजेर ५१ मिनेट जाँदा सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले जानकारी दिए। ‘यो मध्यमस्तरको भूकम्प हो,’ अधिकारीले भने, ‘यो स्तरको भूकम्पले पनि कमजोर संरचनाहरु भत्किन सक्छन्।’ भूकम्पले भएको क्षतिको विवरण भने आइसकेको छैन। काठमाडौँमा भूकम्पको ठूलो धक्का महसुस भएपछि सर्वसाधारण त्रसित भएका छन्। रातिको निन्द्रामा रहेका मानिस भूकम्पको धक्काले उठेर सडकमा निस्किएका थिए। काठमाडौँ उपत्यका भूकम्पीय जोखिम क्षेत्रमा पर्ने भूकम्पविदहरूले बताउँदै आएका छन्।
झापा- झापाको बिर्तामोडमा बिहीबार दुईवटा सडेगलेको अवस्थामा शव फेला परेको छ। सडेगलेको अवस्थामा एउटा गिरीबन्धु चिया बगानमा भेटिएको थियो भने अर्को पनि सडेगलेकै अवस्थामा फेला परेको हो। दोस्रो शव बिर्तामोडको धर्मकाँटा रोडमा अन्दाजी ४० बर्षका पुरुषको शव फेला परेको हो । इलाका प्रहरी कार्यालय बिर्तामोडले शवको मुचुल्का गरेर पोष्टमार्टमका लागि पठाएको जनाएको छ । करिब एक साता अघि मृत्यु भएको जस्तो शव फेला परेको बताइएको छ । एभरेष्ट बैक पछाडिको कम्पाउण्ड गरेको जमिनमा रहेको टहरामा शव फेला परेको हो । प्रहरीका अनुसार शवको पहिचान खुलेको छैन । केही दिन अगाडिसम्म त्यस स्थानमा मागेर खाँदै आएका व्यक्तिको मृत्यु भएको हुनसक्ने अनुमान…
झापा- हात्तीको आक्रमणबाट झापाको हल्दीबारी ४ का एक बृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा हल्दीबारी गाउँपालिका ४ का ७६ बर्षीय भीमप्रसाद भट्टराई रहेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। बिहीबार बिहान करिब १० बजेको समयमा भट्टराई आफ्नै घरदेखि ४ किलोमिटर दक्षिणमा रहेको चौकी बिराम सामुदायिक वनमा घाँस काट्न गएकोमा फर्किने क्रममा जंगली हात्तीले आक्रमण गरी मृत अवस्थामा बिहीबार साँझ फेला परेका हुन्। भट्टराईको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको र घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।