झापा- हात्तीको आक्रमणबाट झापाको हल्दीबारी ४ का एक बृद्धको मृत्यु भएको छ।
मृत्यु हुनेमा हल्दीबारी गाउँपालिका ४ का ७६ बर्षीय भीमप्रसाद भट्टराई रहेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
बिहीबार बिहान करिब १० बजेको समयमा भट्टराई आफ्नै घरदेखि ४ किलोमिटर दक्षिणमा रहेको चौकी बिराम सामुदायिक वनमा घाँस काट्न गएकोमा फर्किने क्रममा जंगली हात्तीले आक्रमण गरी मृत अवस्थामा बिहीबार साँझ फेला परेका हुन्।
भट्टराईको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको र घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
Facebook Comments Box