Author: खबरमञ्च
झापा- झापा क्षेत्र नं. २ का नेकपा (एमाले) उम्मेदवार देवराज घिमिरेले महाकाली सन्धि सम्बन्धी विवादलाई असामयिक र नियोजित प्रचारको संज्ञा दिएका छन्। सोमबार बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा उनले सन्धि राष्ट्रघाती नभएको स्पष्ट गर्दै निर्वाचनको मुखमा आफूविरुद्ध भ्रम फैलाउने प्रयास भएको आरोप लगाए। घिमिरेले सन्धि सम्पन्न हुँदा आफू कुनै निर्णायक पदमा नरहेको उल्लेख गर्दै भने, “म त्यसबेला हस्ताक्षरकर्ता थिइनँ, अहिले आएर मलाई जोडेर गरिएका प्रचारहरू प्रायोजित हुन्।” केही दिनअघि सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा उनलाई ‘महाकाली सन्धिको हस्ताक्षरकर्ता’ भन्दै प्रश्न उठाइएपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन्। उनले संसदमा सन्धि ‘सन्धि हो कि समझदारी’ भन्ने विषयमा लामो बहस भएको स्मरण गर्दै, एमालेले…
झापा- झापा जिल्लामा भएका दुई अलग-अलग दुर्घटनामा परी एक महिलाको मृत्यु भएको छ भने एक पुरुष गम्भीर घाइते भएका छन्। गौरादह नगरपालिका–३ जामबाडीमा शुक्रबार राति खाटबाट लडेर ४१ वर्षीया होमकुमारी कार्कीको मृत्यु भएको छ। स्थानीय तेजबहादुर कार्कीकी श्रीमती होमकुमारी आफ्नै टिनको छानो र टाटीको बेरा भएको एक कोठे घरमा सुतिरहेको अवस्थामा खाटबाट लडेकी थिइन्। मृतक कार्की लामो समयदेखि छारे रोगबाट पीडित रहेको खुलेको छ। प्रहरीका अनुसार हिजो बिहान कानुनी प्रक्रिया र पोस्टमार्टम सम्पन्न गरी शव अन्त्येष्टिका लागि छोरालाई जिम्मा लगाइएको छ। यसैगरी, बिर्तामोड–५ स्थित दीपा ओलीको घरमा भइरहेको विवाह कार्यक्रमका लागि टेन्ट टाँग्ने क्रममा एक कामदार लडेर घाइते भएका छन्।…
झापा- आसन्न निर्वाचनको पूर्वसन्ध्यामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा भावी प्रधानमन्त्रीका रूपमा प्रस्तावित बालेन्द्र (बालेन) शाहले आज झापामा शक्ति प्रदर्शनसहित ‘रोड शो’ गरिरहेका छन्। आज बिहान १०:०० बजे चन्द्रगढी एयरपोर्ट ओर्लिएलगत्तै नेता शाहले झापाका विभिन्न स्थानहरूमा मतदाताहरूसँग साक्षात्कार गर्दै चुनावी र्यालीको नेतृत्व गरेका छन्। निर्वाचन जिल्ला सचिवालयका मिडिया संयोजक राजेन्द्र खनालका अनुसार, यो रोड शो निम्न मार्गहरू भएर अगाडि बढिरहेको छ। रोड शोको सुरुवात चन्द्रगढी एयरपोर्टबाट भएको हो। काँकरभिट्टा, बाहुनडाँगी, बुद्धशान्ति, जयपुर, शनिश्चरे बजार, बिर्तामोड, बिर्ताबजार, गोलधाप, बाह्रदर्शी, पृथ्वीनगर, शर्णामती, झापा गाउँपालिका र सुरुङा बजार हुँदै दमकमा पुगेर कार्यक्रम समापन हुने खनालले बताए। विशेष गरी रास्वपाबाट झापा क्षेत्र…
काठमाडौं- ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियान’ का संयोजक दुर्गा प्रसाईंलाई प्रहरीले आज बिहान फेरि पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले प्रसाईंलाई उनकै निवासबाट नियन्त्रणमा लिएको हो। पारिवारिक स्रोतका अनुसार आज बिहानै ६ बजेदेखि नै प्रहरी टोली उनको निवास वरिपरि तैनाथ थियो। प्रहरीले बिहान पौने आठ बजेतिर पक्राउ पुर्जी थमाएर उनलाई नियन्त्रणमा लिएको हो। पक्राउ पुर्जीमा प्रसाईंमाथि ‘सार्वजनिक शान्ति विरुद्धको मुद्दा’ मा अनुसन्धान गर्नुपर्ने व्यहोरा उल्लेख गरिएको छ। हाल उनलाई जिल्ला प्रहरी परिसर भक्तपुरमा राखिएको जानकारी दिइएको छ। यसअघि पनि प्रसाईं गत ४ फागुनमा काठमाडौंबाट पक्राउ परेका थिए। उनलाई गैरकानुनी रूपमा हिरासतमा राखिएको दाबी गर्दै उनकी…
काठमाडौँ — परराष्ट्र मन्त्रालयले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो तनावपूर्ण अवस्थालाई नजिकबाट नियालिरहेको जनाउँदै इजरायल र इरानमा रहेका नेपाली नागरिकहरूका लागि विशेष सावधानी अपनाउन ६ बुँदे निर्देशन जारी गरेको छ। मन्त्रालयले त्यहाँका नेपालीहरूलाई स्थानीय सुरक्षा निकायहरूले जारी गरेका सल्लाह तथा निर्देशनहरू कडाइका साथ पालना गर्न आग्रह गरेको छ। मन्त्रालयले जारी गरेको निर्देशनमा नेपाली नागरिकहरूलाई सकेसम्म घरभित्रै बस्न, उच्च सतर्कता अपनाउन र आफ्नो बसोबास क्षेत्रमा रहेका अन्य नेपाली समुदायसँग नियमित सम्पर्कमा रहन अनुरोध गरिएको छ। सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै सम्बन्धित निकायको पूर्वअनुमति बिना कुनै पनि यात्रा नगर्न समेत मन्त्रालयले सचेत गराएको छ। यसैगरी, इजरायल वा इरान भ्रमणको योजना बनाइरहेका नेपालीहरूलाई दुवै देशको…
काठमाडौँ- हवाई उडानमा प्रतिबन्ध लगाइएका कारण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट विभिन्न सातवटा अन्तरराष्ट्रिय विमानस्थलमा हुँदै आएका अन्तरराष्ट्रिय उडान रद्द भएका छन् । सारजहा, दोहा, दुबै, कुबेत सिटी, अबुधाबी, कतार तथा दमाम विमानस्थलमा हवाई उडानमा प्रतिबन्ध लगाइएका कारण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट आज दिउँसो र रातिका सबै उडान रद्द गरिएका त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा महाप्रबन्धक टेकनाथ सिटौलाले जानकारी दिए । उनले भने, “सारजहा, दोहा, दुबै, कुबेतसिटी, अबुधाबी, कतार र कतार विमानस्थलमा हवाई उडानमा प्रतिबन्ध लगाइएकाले नेपालबाट दिउँसो र राति हुने सबै उडान रद्द गरिएका छन् । उडानहरु कहिले खुल्छन् भन्नेबारे अर्को निर्णय भएपछि जानकारी गराइने छ ।” यसैगरी, यात्रुलाई आफ्नो उडानका लागि विमानस्थल जानुभन्दा…
काठमाडौँ – अमेरिका र इजरायलले इरानमाथि सैन्य आक्रमण गरेपछि मध्यपूर्वका देशहरूले आफ्नो हवाई क्षेत्र बन्द गरेका छन्। अमेरिका र इजरायलको सैन्य आक्रमणको जवाफमा इरानले मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई निशाना बनाएपछि युएई, कतारलगायतका देशमा हवाई क्षेत्र बन्द गरिएको हो। जसका कारण नेपालबाट मध्यपूर्वमा हुने हवाई उडान प्रभावित भएको छ। यसैबीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले सूचना जारी गर्दै विमानस्थल आउनुअघि सम्बन्धित एयरलाइन्ससँग सम्पर्क गर्न यात्रुहरूलाई आग्रह गरेको छ। सूचनामा भनिएको छ, ‘मध्यपूर्व क्षेत्रको हालैको हवाई क्षेत्र प्रतिबन्धका कारण केही अन्तर्राष्ट्रिय उडानहरू ढिलाइ, पुनः तालिका (Rescheduling) वा रद्द हुन सक्ने सम्भावना छ। यात्रुहरुलाई विमानस्थलतर्फ प्रस्थान गर्नुअघि तल उल्लेखित विमान सेवा कम्पनीहरुसँग आफ्नो उडानको…
काठमाडौं- आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज शनिबारदेखि काठमाडौं उपत्यकामा आफ्नो शक्ति प्रदर्शनसहितको ‘जनसम्पर्क तथा घण्टी अभियान’ सुरु गरेको छ। अभियान शनिबार बिहान पशुपतिनाथबाट सुरु भई उपत्यकाका विभिन्न स्थान हुँदै साँझ बनस्थली चोकस्थित केन्द्रीय कार्यालय (घण्टी घर)मा समापन हुनेछ। आज दिनभरि काठमाडौं उपत्यकाका मुख्य सडक तथा चोकहरूमा र्यालीसहित अभियान सञ्चालन गरिएको छ। कार्यक्रममा पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह लगायत नेता–कार्यकर्ता तथा समर्थकहरूको सहभागिता रहेको छ।
झापा- यहाँको बिर्तामोड नगरपालिका–४ कञ्चनजङ्घा स्कुल नजिक भित्री सडकखण्डमा गए राति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । बिर्तामोडबाट सैनिक बजारतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२५ च ६०५० नम्बरको कार र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १–०१–०१६ प ३९५९ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर खाँदा दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार दुर्घटनामा मोटरसाइकल चालक मेचीनगर नगरपालिका–१३ चारआली निवासी २५ वर्षीय विशाल पौडेल गम्भीर घाइते भएका थिए । पौडेललाई उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् । उनका अनुसार मोटरसाइकलको पछाडि…
झापा- आगामी निर्वाचनलाई लक्षित गरी झापा क्षेत्र नं. ५ को सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र रास्वपाका वरिष्ठ नेता बालेन शाह जस्ता ‘हाइ-प्रोफाइल’ उम्मेदवारहरू चुनावी मैदानमा रहेका कारण गृह मन्त्रालयले यस क्षेत्रको सुरक्षालाई विशेष प्राथमिकतामा राखेको हो। निर्वाचन सुरक्षा सुनिश्चित गर्न जनपद प्रहरीले यस क्षेत्रमा मात्रै पाँच जना डीएसपीको नेतृत्वमा ठूलो संख्यामा टोली खटाएको छ। सामान्यतया इलाका प्रहरी कार्यालय दमकमा मात्र डीएसपीको दरबन्दी रहने गरेकोमा, निर्वाचनका लागि गृह मन्त्रालयले थप चार जना डीएसपी पठाएको हो। अहिले झापा ५ अन्तर्गतका प्रत्येक स्थानीय तहमा एक–एक जना डीएसपीको कमाण्डमा प्रहरी टोली परिचालन गरिएको छ। जसअनुसार गौरीगञ्ज,…