Author: खबरमञ्च

काठमाडौं- सरकारले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै तीन दिन सार्वजनिक बिदा दिएको छ । आज मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले फागुन २०, २१ र २२ गतेलाई सार्वजनिक बिदा दिने निर्णय गरेको हो । यसअघि निर्वाचन आयोगले पनि प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेको थियो । प्रतिनिधिसभा निर्वाचन फागुन २१ गते देशैभर हुँदैछ ।

Read More

काठमाडौँ- सर्वोच्च अदालतले दुर्गा प्रसाईंलाई छाड्न आदेश दिएको छ। सर्वोच्चका सूचना अधिकारी निराजन पाण्डेका अनुसार आज न्यायाधीशद्वय मनोजकुमार शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासले प्रसाईंलाई छाड्न आदेश दिएको हो । प्रसाईंलाई गत फागुन ४ गते भक्तपुरबाट प्रहरीले प्रकाउ गरेको थियो । यसअघि माघ २३ मा पनि पक्राउ परेका प्रसाईं हाजिर जमानीमा छुटेका थिए । त्यसबेला निर्वाचनबारे उनले बोलेका कुरालाई प्रहरीको साइबर ब्यूरोले अनुसन्धानको ‘आधार’ बनाएर बयान लिएर छाडेको थियो ।

Read More

झापा- झापाको बाह्रदशी गाउँपालिकामा जंगली हात्तीको आक्रमणबाट गम्भीर घाइते भएकी एक महिलाको उपचारका क्रममा आज मृत्यु भएको छ। बाह्रदशी गाउँपालिका वडा नं. १ बोक्राझारी निवासी ५० वर्षीया लिला राजवंशीको बिर्तामोडस्थित बि एण्ड सी अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो। घटना विवरण अनुसार, गत फागुन ७ गते बिहान करिब ५:४५ बजेको समयमा राजवंशीले आफ्नो निर्माणाधीन पक्की घरमा पानी हालिरहेकी थिइन्। सोही क्रममा नजिकै रहेको लक्ष्मीनाथ सामुदायिक वन (भागुडुब्बा) बाट निस्किएको एउटा जंगली हात्तीले उनलाई अचानक आक्रमण गरेको थियो। हात्तीको आक्रमणबाट उनी गम्भीर घाइते भएकी थिइन्। आक्रमण लगत्तै उनलाई तत्काल उपचारका लागि बि एण्ड सी अस्पताल बिर्तामोड पुर्‍याइएको थियो। पाँच दिनसम्म अस्पतालमा…

Read More

झापा — निवर्तमान सभामुख देवराज घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूविरुद्ध नियोजित रूपमा घृणा फैलाउने काम गरेको भन्दै आपत्ति जनाएका छन्। मंगलबार बिर्तामोडमा प्रेस नोट जारी गर्दै घिमिरेले लामिछानेका आरोपहरू निराधार र संसदीय प्रक्रियाको अज्ञानताले भरिएको टिप्पणी गरेका हुन्। लामिछानेले ‘जनताको आवाज उठाउँदा सभामुखले माइक काटिदिएको’ भनी लगाएको आरोपको जबाफ दिँदै घिमिरेले माइक काट्ने विषय सभामुखको व्यक्तिगत इच्छा नभई संसदीय नियमावली र समय व्यवस्थापनको हिस्सा भएको स्पष्ट पारे। “संसदीय अभ्यासमा वक्ताहरूको समय निर्धारण हुन्छ। माइक काटिने कुरा पूर्वनिर्धारित समय र नियमअनुसार हुन्छ, जुन कुरा संसदको अभ्यास गरेर आएका व्यक्तिले बुझ्नुपर्ने हो,” घिमिरेले भनेका छन्। उनले संसदको…

Read More

झापा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले निवर्तमान सभामुख देवराज घिमिरेको कडा आलोचना गरेका छन्। झापा क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यकी उम्मेदवार इन्दिरा रानामगरको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले घिमिरेलाई ‘संसदप्रति वितृष्णा फैलाउने पात्र’ को रूपमा चित्रण गरेका हुन्। सभामुखको कार्यकालमा घिमिरेले जनताका जल्दाबल्दा मुद्दा उठाउँदा माइक काटिदिएको प्रसंग उल्लेख गर्दै लामिछानेले आक्रोश व्यक्त गरे। उनले भने, “हामीले संसदमा भिजिट भिसामा हुने ठगीविरुद्ध आवाज उठायौँ, छानबिन समिति बनाउन माग गर्‍यौँ। तर सभामुखले जनताको आवाज बोल्दा हाम्रो माइक काटिदिनुभयो। आज उहाँ कुन मुख लिएर जनतासँग भोट माग्दै हुनुहुन्छ?” लामिछानेले आफ्नो सांसद पद खारेज हुँदाको घटनालाई स्मरण गर्दै सभामुखले ‘बा’…

Read More

झापा- झापा साइक्लिङ क्लबले आफ्नो स्थापनाको पहिलो कार्यक्रमको रूपमा ‘घुमौँ झापा साइकलमा’ अभियान आयोजना गर्ने भएको छ। फागुन ३० देखि चैत २ गतेसम्म सञ्चालन हुने यो दुई रात तीन दिनको यात्रा दिगो पर्यटन, स्वस्थ जीवनशैली र सामुदायिक गौरव अभिवृद्धि गर्ने उद्देश्यले तय गरिएको हो। क्लबका अध्यक्ष आकाश श्रेष्ठका अनुसार, यस कार्यक्रमले झापाका विभिन्न १२ वटा स्थानीय तहलाई समेट्नेछ। कार्यक्रमको पहिलो दिन ६० किलोमिटरको यात्रा तय गरिएको छ। काँकरभिट्टास्थित पर्यटन कार्यालयबाट सुरु हुने यो यात्रा बाहुनडाँगी, ४९ धारा, बर्ने चिया बगान, र अर्जुनधारा जलेश्वरधाम हुँदै दोमुखामा पुगेर टुङ्गिनेछ। दोस्रो दिन सबैभन्दा लामो अर्थात् ८० किलोमिटरको दूरी पार गरिनेछ, जसमा माईधार, चिल्लागढ,…

Read More

काठमाडौँ- निर्वाचन आयोगले आसन्न निर्वाचनलाई लक्षित गर्दै शिक्षण संस्थामा आवद्ध शिक्षक, प्राध्यापक तथा कर्मचारीलाई राजनीतिक दल वा उम्मेदवारको प्रचारप्रसारमा संलग्न भए कडा कारबाही हुने चेतावनी दिएको छ। सोमबार आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले विभिन्न उजुरी प्राप्त भएको उल्लेख गर्दै आचारसंहिता विपरीत गतिविधिमा संलग्न हुने शिक्षक–प्राध्यापकलाई कानून बमोजिम पदसम्म नरहने गरी कारबाही हुने व्यवस्था रहेको जानकारी दिए। उनले निर्वाचन आचारसंहिता पूर्ण पालना गर्न सबै पक्षलाई सचेत गराउनुपर्ने आवश्यकता औंल्याए। प्रवक्ता भट्टराईले भने, “शैक्षिक संस्थामा आवद्ध प्राध्यापक, शिक्षक तथा कर्मचारीले आफ्नो पदको मर्यादा, तटस्थता तथा कानूनी दायित्वलाई मनन गर्दै कुनै राजनीतिक दल वा उम्मेदवारको प्रचारप्रसार नगर्न नगराउन सचेत गराइन्छ। आचारसंहिताको दफा ४८ बमोजिम…

Read More

काठमाडौँ- नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न निर्वाचनलाई लक्षित गर्दै हरेक मतदान बुथमा कम्तिमा ३० जना स्वयंसेवक परिचालन गर्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्। सोमबार झापामा आयोजित कोशी प्रदेश स्तरीय भेलामा बोल्दै अध्यक्ष ओलीले मत सुरक्षाका लागि टोलटोलमा सुरक्षा समितिहरु गठन गर्नुपर्ने आवश्यकता औंल्याउँदै सम्पूर्ण पार्टी पंक्तिलाई सचेत गराए। उनले स्थानीय तहमा निर्माण गरिएका स्वयंसेवक फोर्सले पार्टीका निर्णय र निर्देशनअनुसार काम गर्ने भएकाले त्यसलाई व्यवस्थित ढंगले परिचालन गर्नुपर्ने स्पष्ट पारे। ओलीले भने, “गाउँगाउँमा, टोलटोलमा सुरक्षा समितिहरु बनाउनुहोस्। राष्ट्रिय स्वयंसेवक फोर्स निर्माणमा सहयोग पुर्‍याउनुहोस्। स्थानीय पार्टीले हस्तक्षेप गरेर चलाउने होइन, तर स्वयंसेवक फोर्सले पार्टीका निर्णयसँग…

Read More

झापा- आगामी निर्वाचनका लागि भापा–५ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बालेन्द्र शाहले आफ्नो ‘वाचा पत्र’ सार्वजनिक गरेका छन्। नेपालको संविधान–२०७२ को पूर्ण परिपालन र नागरिकमैत्री कानुन निर्माणलाई मुख्य एजेन्डा बनाउँदै शाहले संघीय संसदमा सक्रिय भूमिका निर्वाह गर्ने संकल्प गरेका छन्। उनले राष्ट्रिय स्वतन्त्र पार्टीको ‘वाचा पत्र २०८०’ लाई कार्यान्वयनको मुख्य आधार बनाउँदै शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा केन्द्रित हुने योजना अघि सारेका छन्। शाहले संघीयतालाई बलियो बनाउन केन्द्र र स्थानीय सरकारबीचको समन्वयमा विशेष जोड दिएका छन्। उनको वाचा पत्रमा स्थानीय निकायको सशक्तिकरण, योजनाहरूको प्रभावकारी अनुगमन र स्थानीय जनताका आवाजलाई निरन्तर संसदमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरिएको छ। विशेष गरी गरिब तथा…

Read More

काठमाडौँ- पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको यात्रुवाहक बस धादिङको बेनीघाट रोराङ गाउँपालिकास्थित चरौंदी नजिकै दुर्घटना भई त्रिशूली नदी किनारमा खसेको छ। ग २ ख १४२१ नम्बरको उक्त बस सडकबाट अनियन्त्रित भई नदी किनारमा खसेको प्रारम्भिक जानकारी प्राप्त भएको छ। दुर्घटनास्थलबाट हालसम्म १७ जनाको शव निकालिएको सुरक्षा निकायले पुष्टि गरेको छ। मृतकहरूको पहिचान खुल्न बाँकी छ। बसमा कति यात्रु सवार थिए भन्ने यकिन भइनसकेकाले मृतकको संख्या बढ्न सक्ने आशंका गरिएको छ। घटनाको विस्तृत विवरण आउन बाँकी छ।

Read More