Author: खबरमञ्च
काठमाडौं । नेपाली कांग्रेसको कार्यसम्पादन समिति बैठकले वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ। शनिवार बसेको केन्द्रीय कार्यसम्पादनको बैठकले पौडेललाई राष्ट्रपतिको निर्णय गरेको हो। पौडेल ८ दलीय गठबन्धनका तर्फबाट उम्मेदवार हुनेछन् । पौडेलले दिउँसो २ बजेपछि मनोनयन दर्ता गर्ने तयारी गरेको उनको सचिवालयले जनाएको छ ।
काठमाडौं । राष्ट्रपति चुनावका कारण सत्ता समिकरण परिवर्तन भएपछि राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको छ । आज बिहान राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो । बैठकले आफ्ना सबै मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ । राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायत ८ दलले निर्णय गरेपछि सत्ता गठबन्धन संकटमा परेको थियो ।
काठमाडौं । फागुन २५ गते हुने राष्ट्रपति चुनावमा नयाँ गठबन्धनका उम्मेदवारलाई विजयी हुन सुविधाजनक मत आउने देखिएको छ । प्रतिनिधि सभामा रहेका आठ दल कांग्रेस, माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति, लोसपा, जनमत र राष्ट्रिय जनमोर्चाले राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने शुक्रबार निर्णय गरेका छन् । यी सबै दलको मतभार जोड्दा कांग्रेसका उम्मेदवारले ३१ हजारभन्दा बढी मतभार पाउने सम्भावना देखिएको छ । राष्ट्रपति तथा उपराष्ट्रपति चुनावमा ५२ हजार ६ सय २८ मतभार रहेकोमा त्यसको ५१ प्रतिशत अर्थात् २६ हजार ३ सय १५ मतभार ल्याउने उम्मेदवार निर्वाचित हुनेछन् । निर्वाचन आयोगका अनुसार कांग्रेसको १६ हजार १४२, माओवादीको ७ हजार ७४५, एकीकृत समाजवादीको…
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी आकस्मिक बैठक बोलाएको छ । पार्टी कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त एवं आकस्मिक बैठक आज बिहान ८ बजेका लागि बोलाइएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने बैठकबाट सरकारले राप्रपाले आवश्यक निर्णय गर्नेछ । कांग्रेससहितको नयाँ समीकरण बनेसँगै पार्टीले सरकारबाट बाहिरिने निर्णय गर्न सक्ने एक नेताले बताए ।
काठमाडौँ । राष्ट्रपति निर्वाचन र सरकारबाट बाहिरिने विषयमा छलफल गर्न नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । बैठक बिहान ९ बजे पार्टी कार्यालय ललितपुरमा बस्नेछ । राष्ट्रपति पदका लागि आज उम्मेदवारी मनोनयन हुने भएकोले उम्मेदवारी दिने या नदिने तथा कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा पनि आजको बैठकले ठोस निर्णय दिने बताइएको छ । बिहीबार बसेको आठ दलको बैठकले राष्ट्रपति पदमा नेपाली कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने सहमति जनाइसकेका छन्।
काठमाडौं । राष्ट्रपति चयनमा कांग्रेस नेतृत्वको पुरानो गठबन्धनले साझा उम्मेदवार तय गर्ने निणर्य गरेको नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीका नेताहरुबीच भएको बैठकले पार्टी भित्र छलफल गरेर साझा उम्मेदवार तय गर्ने निणर्य गरेको कांग्रेस महामन्त्री थापाले जानकारी दिए । राष्ट्रपतिको उम्मेदवारका बिषयमा दलहरुको आफ्नै प्रस्ताव आइरहेको र प्रस्तावका बारेमा छलफल गरेर आवश्यक निणर्यमा पुग्ने उनले बताए। उनले राष्ट्रपतिका बिषयमा आफूहरु एकै ठाँउमा उभिने दावी गरे । आन्तरिक छलफल गरेर दलहरू फेरि बैठक बस्ने र राष्ट्रपति उम्मेदवारको टुङ्गो लगाउने नेताहरुले जनाएका छन् ।…
नेकपा माओवादी केन्द्रको अगुवाइमा बालवाटारमा बसेको नेपाली कांग्रेससहितका दलहरुको बैठकले नेपाली कांग्रेसका उम्मेदवारलाई राष्ट्रपति बनाउने सहमतति गरेको छ। विहीवार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले नेपाली कांग्रेसका उम्मेदवारलाई राष्ट्रपति बनाउने सहमति गरेको बैठकमा सहभागी एक नेताले बताए।
काठमाडौँ। सत्तारुढ राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रपतिको निर्वाचनमा प्रस्ताव र समर्थक नबस्ने निर्णय गरेको छ । पार्टी कार्यालय धुम्बाराहीमा शुक्रबार बसेको राप्रपाको कार्यसम्पादन समितिको बैठकको राष्ट्रपति निर्वाचनमा राप्रपा प्रस्तावक र समर्थक नबस्ने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । राष्ट्रपति निर्वाचनका लागि शनिबार मनोनयन दर्ताको तालिका छ । राष्ट्रपति चयनका लागि यही फागुन २५ गते मतदान हुनेछ ।
काठमाडौं। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा चार दलीय गठबन्धनको निर्णायक बैठक फेरि सुरु भएको छ। बिहान चार घण्टा छलफल गरेर स्थगित गरिएको बैठक फेरि बसेको हो। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा)का शीर्ष नेताहरू बैठकमा सहभागी छन्।
काठमाडौं । सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेमाथिको विदेश यात्रा प्रतिबन्ध यथावत रहने आदेश दिएको छ । सन्दीपले हालेको निवेदनमा सर्वोच्चका न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले विदेश जाने अनुमति दिन अस्वीकार गरेको हो । यसअघि उच्च अदालत पाटनले उनलाई धरौटीमा रिहा गर्न आदेश दिँदा विदेश जान रोक लगाएको थियो । सन्दीपले गरेको पुनरावेदनको अर्को पेसी आइतबारलाई तोकिएको छ ।