काठमाडौं । सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेमाथिको विदेश यात्रा प्रतिबन्ध यथावत रहने आदेश दिएको छ ।
सन्दीपले हालेको निवेदनमा सर्वोच्चका न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले विदेश जाने अनुमति दिन अस्वीकार गरेको हो ।
यसअघि उच्च अदालत पाटनले उनलाई धरौटीमा रिहा गर्न आदेश दिँदा विदेश जान रोक लगाएको थियो ।
सन्दीपले गरेको पुनरावेदनको अर्को पेसी आइतबारलाई तोकिएको छ ।
Facebook Comments Box
