Author: खबरमञ्च

काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समिति र संसदीय दलको बैठक आज बस्दैछ । कार्य सम्पादन समितिको बैठक आइतबार बिहान साढे १० बजे संसद् भवनको शंकर हलमा बस्नेछ । त्यस्तै, आइतबार नै मध्यान्ह १२ बजे संसद भवनको ल्होत्से हलमा बस्ने गरी संसदीय दलको बैठक पनि बोलाइएको छ । दुवै बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार लिने विश्वासको मतलगायतका विषयमा छलफल हुनेछ । नेकपा (एमाले) सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री प्रचण्डले सोमबारको संसद बैठकमा विश्वासको मत लिन लागेका हुन् । प्रतिनिधि सभाको बैठक पनि आइतबार नै दिउँसो १ बजे बस्दैछ ।

Read More

काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरुमा आइतबार स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) का लागि मतदान हुँदैछ । त्रिवि अन्तर्गतका ६० वटा आंगिक र एक हजार ४० वटा सम्बन्धन प्राप्त क्याम्पसहरुमा स्ववियु पदाधिकारी चयनका लागि मतदान हुने भएको हो । निर्वाचनका लागि मतदानको समय आइतबार बिहान ८ देखि दिउँसो ४ बजेसम्म तोकिएको छ । प्रत्येक दुई वर्षमा हुनुपर्ने स्ववियु निर्वाचन १५ वर्षपछि हुन लागेको हो ।

Read More

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले गृहमन्त्रालयको जिम्मेवारी आफ्नै पार्टीका नेतालाई दिने भएका छन् । संसदबाट पुनः विश्वासको मत लिएर सरकार विस्तारको आन्तरिक तयारीमा जुटेका प्रधानमन्त्री प्रचण्ड गृहमन्त्रालय सत्तारूढ अन्य दललाई नदिने अडानमा छन् । सत्तारूढ दल नेकपा (माओवादी) ले गृह मन्त्रालय र नेपाली कांग्रेसले अर्थ मन्त्रालय दिने भएका छन् । कांग्रेसले अर्थसहित गृहमा समेत दाबी गरेको छ । बालुवाटार स्रोतका अनुसार सत्तारूढ दलबीच शक्तिका आधारमा मन्त्रालयको भागबण्डा गरेर मन्त्रिपरिषद विस्तार हुनेछ । यो समाचार आजको राजधानी दैनिकमा छ ।

Read More

काठमाडौं । पदीय हैसियत र मर्यादाविपरीत स्वतन्त्र प्रेसविरोधी धारणा व्यक्त गरेका कारण सभामुख देवराज घिमिरे विवादमा परेका छन् । सञ्चार क्षेत्रसम्बन्धी कानुनका विषयमा छलफल गर्न र बधाई ज्ञापन गर्न नेपाल पत्रकार महासंघका प्रतिनिधि सभामुख घिमिरेलाई भेट्न शुक्रबार उनको कार्यकक्षमा पुगेका थिए । ‘पत्रकारहरू बिक्रीमा छन्’, महासंघका प्रतिनिधिहरूसँगको भेटमा उनले भनेका थिए, ‘पीत पत्रकारिता अहिले पनि निकै डरलाग्दो गरी छ । जेजे कारणले भए पनि तिनीहरू प्रभावित छन् । अझ अर्को भन्ने हो भने त बिक्रीमा छन् पत्रकारहरू ।’ स्वतन्त्र प्रेसविरुद्ध मुलुकको संघीय प्रतिनिधिसभाका प्रमुखले दिएको अभिव्यक्ति सार्वजनिक भएपछि यसको पक्ष र विपक्षमा सामाजिक सञ्जाल बाँडिएको छ । केही साताअघि राष्ट्रिय…

Read More

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले सरकारले संसदमा दर्ता गराएको संक्रमणकालिन न्याय निरुपणसम्बन्धी विधेयक एकतर्फि रहेको बताएका छन्। शनिबार संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै राप्रपा संसदीय दलको नेतासमेत रहेका लिङदेनले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग विधेयक तत्कालिन विद्रोही पक्षलाई मात्र फाइदा हुने गरि ल्याइएको भन्दै आफ्नो पार्टीको फरक मत रहेको बताए। उनले भोलिको प्रतिनिधि सभामा सरकारमा तर्फबाट टेबुल हुन लागेको उक्त विधेयकको विरोधमा आफूहरुले धारण राख्ने समेत बताए। विगतमा पनि पीडित पक्षको असहमतिका बीच विधेयक ल्याउन खोज्दा पारित हुन नसकेको भन्दै उनले अहिले पनि बहुमतको आडमा पारित गर्न खोजिए राम्रो नहुने बताए। उनले भने…

Read More

काठमाडौं । सत्ता गठबन्धनआवद्ध दलहरुले प्रधानमन्त्री पुष्पकमल दाहाललाई एक मत भएर विश्वासको मत दिने सहमति गरेका छन्। शनिबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा फेरिएको परिस्थितिमा एकजुट भएर प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने सहमति भएको प्रधानमन्त्री दाहालका प्रेस संयोजक सूर्य किरणले जानकारी दिए। पुस १० गते प्रधानमन्त्रीमा नियुक्त हुँदा समर्थन गरेका दलहरु नेकपा एमाले र राप्रपाले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले चैत ६ गते विश्वासको मत लिँदैछन्। यसबाहेक बैठकमा सरकारले भोलिको प्रतिनिधि सभा बैठकमा पेश गर्न लागेको संक्रमणकालिन न्याय निरुपणसम्बन्धी विधेयकलाई छिटोभन्दा छिटो सहमतिमा पारित गर्ने सम्बन्धमा पनि छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

Read More

काठमाडौं । बैंकको चर्को ब्याजदर र ज्यादती बढेको भन्दै काठमाडौंमा आज पनि विरोध प्रदर्शन गरिएको छ । शनिबार माईतिघरमा बैंकको चर्को व्याजदरले व्यापारीलाई अप्ठ्यारोमा पारेको भन्दै राष्ट्र,राष्ट्रियता,धर्म संस्कृति र नागरिक बचाऔँ महाअभियान आवद्धहरुले प्रर्दशन गरेका हुन् ।सरकारले आफूहरुको माग सम्बोधन नगरे २० गतेदेखि हरेक पसलहरुमा सटर लगाउने र बैंक बन्द गर्ने भन्दै उनीहरुले चेतावनी समेत दिएका छन्।

Read More

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले संसदीय दलको उपनेतामा बुद्धिमान तामाङलाई चयन गरेको छ । आज बसेको दलको बैठकले तामाङलाई दलको उपनेता चयन गरेको प्रवक्ता ज्ञानेन्द्र शाहीले बताए । बैठकमा लघुवित्त, सहकारी, विदेशमा अलपत्र परेका नागरिक, कृषि मलमा अनुदान घटाएको लगायतका विषयमा छलफल भएको उनले बताए ।

Read More

काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेलले प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र बाबुराम भट्टराईले जनयुद्धको एजेण्डा छाडेको आरोप लगाएका छन्। शान्तिप्रक्रिया र सङ्क्रमणकालीन न्याय व्यवस्थापन विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले प्रचण्ड र बाबुरामले तत्कालिन माओवादीका मुद्दा छाडेर केही साम्राज्यवादी र दलालको मुद्दा बोकेर हिडेको तर्क गरे । तत्कालिन जनयुद्धको नेतृत्व गरेका व्यक्तिहरु आफ्नो एजेण्डाबाट विमुख हुदाँ आम नागरिकको सरोकारका विषयमा ध्यान नपुगेको उनको टिप्पणी छ । कार्यक्रममा बोल्दै उनले माओवादी पार्टी एकताको अन्तिम चरणमा पुगेको समेत बताए । उनले नेकपा क्रान्तिकारी माओवादी, नेकपा बहुमत र नेकपा मसालबीच एकीकरणको अन्तिम तयारी भइरहेको बताएका हुन्। एकताका…

Read More