काठमाडौं । सत्ता गठबन्धनआवद्ध दलहरुले प्रधानमन्त्री पुष्पकमल दाहाललाई एक मत भएर विश्वासको मत दिने सहमति गरेका छन्।
शनिबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा फेरिएको परिस्थितिमा एकजुट भएर प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने सहमति भएको प्रधानमन्त्री दाहालका प्रेस संयोजक सूर्य किरणले जानकारी दिए।
पुस १० गते प्रधानमन्त्रीमा नियुक्त हुँदा समर्थन गरेका दलहरु नेकपा एमाले र राप्रपाले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले चैत ६ गते विश्वासको मत लिँदैछन्।
यसबाहेक बैठकमा सरकारले भोलिको प्रतिनिधि सभा बैठकमा पेश गर्न लागेको संक्रमणकालिन न्याय निरुपणसम्बन्धी विधेयकलाई छिटोभन्दा छिटो सहमतिमा पारित गर्ने सम्बन्धमा पनि छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
Facebook Comments Box
