Author: खबरमञ्च
विराटनगर । विराटनगरमा गत चैत ५ गते भएको प्रदर्शनमा घाइते भइ मृत्यु भएका पदम बहादुर लिम्बू लाजेहाङको परिवारलाई तत्कालका लागि तीन लाख रुपैयाँ राहत दिने कोशी प्रदेश सरकारले निर्णय गरेको छ । प्रदेश सरकार मन्त्रीपरिषद्को आज बसेको बैठकले यस्तो निर्णय गरेको हो । कोशी नाम खारेजको माग गर्दै भएको आन्दोलनमा घाइते भएका लाजेहाङको गत १० गते मृत्यु भएको थियो । ‘कोशी प्रदेश नामकरणका सम्बन्धमा चैत्र ५, २०७९ मा विराटनगरमा भएको विरोध कार्यक्रममा सहभाागी भई चैत १० गते श्री पदम लिम्बू (लाजेहाङ) को दुःखद निधन प्रति गहिरो दुःख व्यक्त गर्दै मृतक पदम लिम्बूप्रति हार्दिक श्रदाञ्जली एवं परिवारजनमा गहिरो दुःख एवम हार्दिक समवेदना…
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध मुद्दाको सुनुवाइ स्थगित भएको छ । सन्दीपविरुद्ध जबरजस्ती करणी गरेको मुद्दाको सोमबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा पेसी चढेको थियो । तर, सन्दीप पक्षले पेसी स्थगित गरेका हुन् । यसअघि न्यायाधीश घिमिरेकै इजलासले सन्दीपलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।
पार्टीले सुरु गरेको पार्टी सुदृढीकरण अभियानअन्तर्गत ५ दिनको मिसन ग्रासरुट अभियान लिएर एमाले अध्यक्ष केपी शर्मा ओली अहिले लुम्बिनी प्रदेशमा छन्। लुम्बिनीका ५ जिल्लामा ५ दिन बिताउने योजना अनुरुप उनी शनिबार कपिलबस्तु पुगेका थिए। कपिलबस्तुमा लुम्बिनी अवलोकनदेखि अन्य बेद आश्रमसम्म ओलीले पुग्न भ्याए। आइतबार बिहान कपिलवस्तुको भेटघाट सकाएर उनी अर्घाखाँची निस्किए। पत्नी राधिका शाक्यलाई साथै लिएर गएका ओलीले सडक मार्गबाट जाँदा बाटामा भेटिएका सर्वसाधारणसँग मात्र भेटेनन्, बाटामा भेटिएका र बाटो पर्ने ठाउँमा रहेका मुख्य पर्यटकीय स्थलको भ्रमण समेत गर्न भ्याए। जसअन्तर्गत उनले सुपादेउराली मन्दिर पुगेर दर्शनसमेत गरे। ४५-४६ सालमा पन्चायतविरुद्धको आन्दोलनका क्रममा अर्घाखाँची बसेर लामो समय मोर्चा सम्हालेको कारण पनि…
नेपाल प्रहरीका ४ नायब महानिरीक्षक डीआईजी अतिरिक्त महानिरीक्षक एआईजीमा बढुवाका लागि सिफारिस भएका छन् । बढुवा सिफारिस समितिको आज बसेको बैठकले डिआईजीहरु सन्दीप भण्डारी, सुदीप गिरी, मीरा चौधरी र टेकबहादुर तामाङलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो । प्रहरी महानिरीक्षक बसन्तबहादुर सिंहले जिम्मेवारी सम्हालेको तेस्रो दिनमा समितिको बैठक राखेर भण्डारी, गिरी, चौधरी र तामाङलाई बढुवाका लागि सिफारिस गराएका हुन् । समितिका सदस्यसचिव रहेका महानिरीक्षक कुँवरले आज सिफारिस सूची सार्वजनिक गरेका छन् । एआईजीको चार पद चैत ११ देखि रिक्त छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुबीच भेटवार्ता भएको हो ।
काठमाडौं। मंगलबार मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा सत्तारूढ तीन दलका शीर्ष नेताहरू सहमत भएका छन्। सोमबार बालुवाटारमा प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाले मन्त्रिपरिषद्लाई मंगलबार पूर्णता दिने सहमति गरेका हुन्। मंगलबार बेलुका ४ बजे सत्तापक्षीय दश दलको बैठक बसेर मन्त्रिपरिषद्लाई पूर्णता दिने निर्णय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
काठमाडौँ । मलेसियाको क्वालालम्पुरबाट काठमाडौँ आइरहेको नेपाल एयरलाइन्स र दिल्लीबाट काठमाडौँ आइरहेको एयर इन्डियाको जहाज आकाशमा झन्डै ठोक्किएको घटनामा एयर इन्डियाका चालक दललाई नेपाल उडानमा प्रतिबन्धसहित टावरमा कार्यरत तीन जना एयर ट्राफिक कन्ट्रोलर (एटीसी)लाई कारबाही गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार १९ हजार फिटमा रहेको एयर इन्डियाको जहाज एक्कासि १५ हजार फिटमा झर्दा तीन सय फिट नजिकै रहेको नेपाल एयरलाइन्सको जहाजसँग झन्डै ठोक्किएको घटनाबारे छानबिन गर्न दुई सदस्यीय समिति गठन गरेर एयर इन्डियाका चालक दललाई तत्कालका लागि नेपालमा हुने उडानमा प्रतिबन्ध र त्रिभुवन अन्तर्राष्ट्रिय वमानस्थलस्थित टावरमा कार्यरत तीन जना एटीसीलाई कारबाही गरिएको हो । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले…
काठमाडौँ । नेपाल टेलिकमको टेलिफोन ग्राहक र इन्टरनेट ग्राहक दुवैमा क्रमशः कमी आउन थालेको छ । नेपाल दरसञ्चार प्राधिकरणले आइतबार सार्वजनिक गरेको पुस महिनासम्मको प्रतिवेदनले टेलिकमको ग्राहक घट्दै गएको देखाएको हो । गत मंसिरसम्ममा कुल १ करोड ९९ लाख ७७ हजार ३९ इन्टरनेट ग्राहक भएको नेपाल टेलिकमको पुस महिनासम्ममा आइपुग्दा १ करोड ९६ लाख २२ हजार ६ सय ५४ मा सीमित भएको हो । मंसिरदेखि पुससम्मको एक महिनामा मात्रै ३ हजार ३ सय २९ जना ग्राहक गुमाएको हो । टेलिकमको टेलिफोन ग्राहक पनि २ करोड १३ लाख २५ हजार ३ सय ५१ बाट २ करोड ९ लाख ८० हजार २…
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कुन पार्टीले कुन मन्त्रालय लिने भन्नेबारे सहमति बनिनसकेको बताएका छन् । प्रतिनिधि सभाको बैठकपछि उनले गठबन्धनको बैठक बसेर छलफल भइरहेको तर कुन पार्टीले कुन मन्त्रालय पाउने भन्नेबारे सहमति बनि नसकेको र कुनैपनि दलले यही मन्त्रालय चाहिन्छ भनेर दाबी नगरेको जिकिर गरे । तर अब केही दिनमै सरकारले पूर्णता पाउने उनको भनाई छ । उनले भने ‘अब केही दिन भित्रै मन्त्रिपरिषद्ले पूर्णता पाउँछ उने भने ।’ उनले कांग्रेसबाट कसको नेतृत्वमा सरकारमा जाने भन्नेबारे कुनै पनि निर्णय नभएको बताए ।
काठमाडौं । नेपाली सेनाको २२ सदस्यीय टोली नेपाल आइपुगेको छ। सोमबारदेखि १५ गतेसम्म हुने द्विपक्षीय सैन्य छलफलमा सहभागी हुन अमेरिकी सेनाको टोली काठमाडौं आइपुगेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । सन् २०१८ देखि हरेक वर्ष आयोजना हुँदै आएको सो बैठकमा यो बर्ष शान्ति सुरक्षा, मानवीय सहायता, विपद व्यवस्थापन र विषयवस्तु विज्ञताको आदान प्रदानमा केन्द्रित हुने नेपाली सेनाले जनाएको छ। अमेरिकी सेनासँग हुने छलफलको सम्पूर्ण तयारी पूरा भइसकेको सेनाले जनाएको छ। छलफलमा नेपालको तर्फबाट परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय र रक्षा मन्त्रालयका सहसचिव र उपसचिवसहित नेपाली सेनाका उपरथीको नेतृत्वमा १४ सदस्यीय टोली सहभागी हुने सेनाले जनाएको छ । नेपाली…