नेपाल प्रहरीका ४ नायब महानिरीक्षक डीआईजी अतिरिक्त महानिरीक्षक एआईजीमा बढुवाका लागि सिफारिस भएका छन् ।
बढुवा सिफारिस समितिको आज बसेको बैठकले डिआईजीहरु सन्दीप भण्डारी, सुदीप गिरी, मीरा चौधरी र टेकबहादुर तामाङलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो ।

प्रहरी महानिरीक्षक बसन्तबहादुर सिंहले जिम्मेवारी सम्हालेको तेस्रो दिनमा समितिको बैठक राखेर भण्डारी, गिरी, चौधरी र तामाङलाई बढुवाका लागि सिफारिस गराएका हुन् ।
समितिका सदस्यसचिव रहेका महानिरीक्षक कुँवरले आज सिफारिस सूची सार्वजनिक गरेका छन् । एआईजीको चार पद चैत ११ देखि रिक्त छ ।
Facebook Comments Box
