काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कुन पार्टीले कुन मन्त्रालय लिने भन्नेबारे सहमति बनिनसकेको बताएका छन् ।
प्रतिनिधि सभाको बैठकपछि उनले गठबन्धनको बैठक बसेर छलफल भइरहेको तर कुन पार्टीले कुन मन्त्रालय पाउने भन्नेबारे सहमति बनि नसकेको र कुनैपनि दलले यही मन्त्रालय चाहिन्छ भनेर दाबी नगरेको जिकिर गरे । तर अब केही दिनमै सरकारले पूर्णता पाउने उनको भनाई छ ।
उनले भने ‘अब केही दिन भित्रै मन्त्रिपरिषद्ले पूर्णता पाउँछ उने भने ।’ उनले कांग्रेसबाट कसको नेतृत्वमा सरकारमा जाने भन्नेबारे कुनै पनि निर्णय नभएको बताए ।
Facebook Comments Box
