काठमाडौं । नेपाली सेनाको २२ सदस्यीय टोली नेपाल आइपुगेको छ।
सोमबारदेखि १५ गतेसम्म हुने द्विपक्षीय सैन्य छलफलमा सहभागी हुन अमेरिकी सेनाको टोली काठमाडौं आइपुगेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
सन् २०१८ देखि हरेक वर्ष आयोजना हुँदै आएको सो बैठकमा यो बर्ष शान्ति सुरक्षा, मानवीय सहायता, विपद व्यवस्थापन र विषयवस्तु विज्ञताको आदान प्रदानमा केन्द्रित हुने नेपाली सेनाले जनाएको छ।
अमेरिकी सेनासँग हुने छलफलको सम्पूर्ण तयारी पूरा भइसकेको सेनाले जनाएको छ। छलफलमा नेपालको तर्फबाट परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय र रक्षा मन्त्रालयका सहसचिव र उपसचिवसहित नेपाली सेनाका उपरथीको नेतृत्वमा १४ सदस्यीय टोली सहभागी हुने सेनाले जनाएको छ । नेपाली टोलीको नेतृत्व उपरथी अशोकराज सिग्देलले गर्ने तय भएको छ।
अमेरिकी सेनाको तर्फबाट प्यासिफिक कमाण्डका डेपुटी कमाण्डर मेजर जनरल क्रिस्टोफर स्मिथको कमाण्डमा २२ सदस्यीय टोली सहभागी हुने नेपाली सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
