Author: खबरमञ्च

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलको प्रेस सल्लाहकारमा किरण पोखरेल नियुक्त भएका छन्। राष्ट्रपति पौडेलले आइतबार पोखरेललाई प्रेस सल्लाहकार नियुक्त गरेका हुन्। पोखरेल तीन दशकदेखि पत्रकारितामा क्रियाशील छन्। उनी राष्ट्रिय सूचना आयोगको पूर्वआयुक्त तथा नेपाल प्रेस युनियनको पूर्वअध्यक्षसमेत हुन्। यसअघि राष्ट्रपति पौडेलले राजनीतिक सल्लाहकारमा सुनीलबहादुर थापा, आर्थिक सल्लाहकारमा डा. चिरञ्जीवी नेपाल, परराष्ट्र सल्लाहकारमा डा. सुरेशचन्द्र चालिसे र कानूनी सल्लाहकारमा बाबुराम कुँवरलाई नियुक्त गरिसकेका छन्।

Read More

धनगढी। प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका केन्द्रीय सचिव लेखराज भट्टबीच भेटवार्ता भएको छ। आज एमाले सुदूरपश्चिम इन्चार्जसमेत रहेका भट्ट निवासमै उनीहरूबीच भेटवार्ता भएको हो। प्रचण्ड लेखराजको निवासमा खाना खाएर केहीबेरमा महेन्द्रनगर प्रस्थान गरेका छन्। उनी सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन सुदूरपश्चिम प्रस्थान गरेका हुन्। फर्किनेक्रममा दाहालले भने, ‘यो घर मेरो पनि हो । यहाँ मेरो एउटा कोठा छ । सधैँ आएर बस्ने खाने, यो घरसँग मेरो ४० वर्षसँगको सम्बन्ध छ । सामान्य विषयमा कुराकानी हुने नै भयो । अरु त्यस्तो कुनै एजेण्डामा कुराकानी भएन ।’ पूर्वमाओवादी धारका नेता भट्ट एमाले सुदूरपश्चिम इन्चार्जसमेत…

Read More

पोखरा । म्याग्दीको धौलागिरी बेस क्याम्पमा हेलिकप्टर दुर्घटना भएको छ । अवतरण गर्ने क्रममा एभरेष्ट हेलिकप्टर दुर्घटना भएको हो । बेस क्याम्पमा ल्याण्ड गर्ने क्रममा हेलिकप्टर दुर्घटनामा परेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल प्रमुख विक्रम गौतमले बताए । उक्त हेलिकप्टर आइतबार बिहानदेखि सम्पर्कविहीन बनेको थियो । हेलिकप्टरमा पाइलटमात्र रहेको बताइएको छ।

Read More

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको छ । आफू स्वास्थ्यमन्त्री बन्न लागेको र त्यसका लागि पार्टीलाई रकम बुझाउनुपर्ने भन्दै श्रेष्ठले रकम मागेको सार्वजनिक भएको अडियोमा प्रष्ट सुनिएको छ । अडियो सार्वजनिक भएसँगै पार्टीले श्रेष्ठलाई कारबाही गर्ने भएको छ। पार्टीको हितविपरीत काम गरेको निष्कर्षसहित पार्टीको साधारण सदस्यसमेत नरहने गरी उनलाई कारबाही गर्न लागिएको हो। रास्वपाले श्रेष्ठलाई कारबाही गरिएको पत्र संसद् सचिवालयलाई पठाउने तयारी गरेको छ।

Read More

काठमाडौँ। सभामुख देवराज घिमिरे र संसद्मा प्रतिनिधित्व गर्ने तीन ठूला दलका शीर्ष नेताबीच भेटवार्ता सुरु भएको छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा शनिबार भएको भेटमा प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली सहभागी छन् । उनीहरुबीच संसदलाई कसरी प्रभावकरी बनाउने भन्ने विषयमा छलफल भइरहेको छ। यसबाहेक विषयगत समिति गठन र विचाराधिन विधेयकका सम्बन्धमा पनि छलफल भइरहेको सभामुखको सचिवालयले जनाएको छ।

Read More

प्रहरीका १९ बिट जसलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले हटाउन भनेका छन्। स्रोत : मेयर बालनको स्टाटस्

Read More

काठमाडौं । काठमाडौं महानगरपालिकाले आज(शनिवार)बाट सिंहदरबारभित्रको फोहोर नउठाउने भएको छ । महानगरपालिकाका मेयर बालेन्द्र साहले सामाजिक सञ्जाल फेसबुकमार्फत राजनीतिक दलका नेताप्रति कडा टिप्पणी गर्दै देश सफा गर्न नेताहरु आफैं लाग्नुपर्ने बताएका हुन् । उनले स्टाटसमा भनेका छन्,‘आजबाट सिंहदरवारको फोहोर उठ्दैन । साँच्चिकै देश सफा गर्नुपरे त्यहाँका नेताहरूलाई सिस्डोलमा डम्प गर्नुपर्ने हुन्छ ।’ उनको टिप्पणीलाई कतिपयले केन्द्र सरकारले गैरीगाउँस्थित सुकुम्बासी बस्ती हटाउन असहयोगको प्रतिक्रियाका रुपमा विश्लेषण गरेका छन् । काठमाडौं महानगरपालिका शुक्रवार बस्ति हटाउन डोजरसहित गैरीगाउँस्थित सुकुम्वासी बस्ती पुगेको थियो । स्थानीयले अवरोध गरेपछि उनले जिल्ला प्रहरी परिसर काठमाडौंसँग सहयोग माग गरेका थिए । तर, परिसरले आदेश नआएको भन्दै प्रहरी परिचालन…

Read More

काठमाडौं । सभामुख देवराज घिमिरेले वर्तमान प्रणाली नेतृत्व गरिहेका राजनीतिक दलका नेता कुर्सीका लागि मात्रै होडबाजी गरिहेको बताएका छन् । राष्ट्रिय सभागृहमा भएको लायन्स क्लबको जिल्ला अधिवेशनमा सभामुख घिमिरेले यस्तो बताएका हुन्। उनले भने,‘हाम्रो प्रणालीलाई नेतृत्व गरिरहेका नेताज्युहरु कुर्सीका लागि मात्रै होडबाजी गरेको हुन की जस्तो लाग्न थालेको छ । यस्तो बेला लायन्स क्लबले अपनाएको प्रणालीमा पदका लागि प्रतिस्पर्धा कम देखिन्छ । तर, निश्वासर्थ ढंगले गरिएका काम धेरै देखिन्छ । यो प्रजातान्त्रिक अभ्यास हो ।’ कार्यक्रममा उनले अन्धोपन निवारण तथा स्वास्थ्य, शिक्षा र वातावरणको क्षेत्रमा लायन्स क्लबले उल्लेखनिय काम गरेको दाबी गरेका छन् । ठूला विपत्तिका बेला क्लबले ठूलो परिमाणको…

Read More

काठमाडौं । महान्यायाधिवक्ता दिनमणि पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध राहदानी विवादमा मुद्दा नचल्ने निर्णय प्रक्रियागत रुपमा नै टुंगिएको जिकिर गरेका छन् । शुक्रबार महान्याधिवक्ताको जिम्मेवारी सम्हालेको १०० दिन पूरा गरेको अवसरमा आयोजित कार्यक्रममा उनले रविको मुद्दा नचल्ने निर्णय राजनीतिक सौदाबाजी र दबावमा गरेको नभई प्रक्रियागत रुपमै टुंगिएको जिकिर गरे । उनले भने ‘राहदानी प्रकरणको सम्बन्धमा हामीले प्रमाणहरुको मुल्याङ्कन गरेर प्रकियासम्मत रुपमा छानबिन टुंग्याएको हो ।’ ‘प्रमाणको मुल्याङकन गरेर विवेकको प्रयोग गरेर गरिएको निर्णय हो त्यसो हुनाले राजनीतिक सौदावाजीको विषयसंग जोडिनु अन्याय हुन्छ ।’ उनले भने । महान्यायाधिवक्ता पोखरेलले रविको राहदानी विवादमा प्रहरीलाई सम्पूर्ण अनुसन्धान सकेपछि मात्रै फाइल पेश…

Read More

काठमाडौं । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष एवम् सांसद राजेन्द्र पाण्डेले जनताको समस्या पोख्ने थलो संसदमा समस्या पोखेपनि सरकार मुकदर्शक भएर बसेको बताएका छन् । शुक्रवार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले जनताको समस्या सम्बोधन नभएको भन्दै हरेक दिन आफ्नो मन्त्रालयसँग सम्बन्धित मन्त्रीहरुले संसदमा उठेका प्रश्नहरुको अनिवार्य रुपमा उत्तर दिने व्यवस्था गर्न माग गरेका छन् । उनले भने, ‘जनताको समस्या पोख्ने थलो हो संसद भनेको, जनताको समस्या हामी यहाँ पोख्छौं । तर, सरकार मुकदर्शक भएर बस्यो भने आम जनताको बीचमा त्यो संसदप्रति कस्तो धारणा बन्ला । गम्भिरतापूर्वक अब आईन्दा हरेक दिन एक जना मन्त्रीले आएर आफ्नो मन्त्रालयसँग सम्बन्धित मन्त्रीहरुले यहाँ उठेका प्रश्नहरुको उत्तर…

Read More