काठमाडौं । सभामुख देवराज घिमिरेले वर्तमान प्रणाली नेतृत्व गरिहेका राजनीतिक दलका नेता कुर्सीका लागि मात्रै होडबाजी गरिहेको बताएका छन् ।
राष्ट्रिय सभागृहमा भएको लायन्स क्लबको जिल्ला अधिवेशनमा सभामुख घिमिरेले यस्तो बताएका हुन्
।
उनले भने,‘हाम्रो प्रणालीलाई नेतृत्व गरिरहेका नेताज्युहरु कुर्सीका लागि मात्रै होडबाजी गरेको हुन की जस्तो लाग्न थालेको छ । यस्तो बेला लायन्स क्लबले अपनाएको प्रणालीमा पदका लागि प्रतिस्पर्धा कम देखिन्छ । तर, निश्वासर्थ ढंगले गरिएका काम धेरै देखिन्छ । यो प्रजातान्त्रिक अभ्यास हो ।’
कार्यक्रममा उनले अन्धोपन निवारण तथा स्वास्थ्य, शिक्षा र वातावरणको क्षेत्रमा लायन्स क्लबले उल्लेखनिय काम गरेको दाबी गरेका छन् । ठूला विपत्तिका बेला क्लबले ठूलो परिमाणको अन्तराष्ट्रिय सहयोग जुटाएर शैक्षिक, स्वास्थ्य र वातावरण क्षेत्रको उल्लेखनीय काम गरेको उनले बताए ।
