काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको छ ।
आफू स्वास्थ्यमन्त्री बन्न लागेको र त्यसका लागि पार्टीलाई रकम बुझाउनुपर्ने भन्दै श्रेष्ठले रकम मागेको सार्वजनिक भएको अडियोमा प्रष्ट सुनिएको छ ।
अडियो सार्वजनिक भएसँगै पार्टीले श्रेष्ठलाई कारबाही गर्ने भएको छ। पार्टीको हितविपरीत काम गरेको निष्कर्षसहित पार्टीको साधारण सदस्यसमेत नरहने गरी उनलाई कारबाही गर्न लागिएको हो।
रास्वपाले श्रेष्ठलाई कारबाही गरिएको पत्र संसद् सचिवालयलाई पठाउने तयारी गरेको छ।
Facebook Comments Box
