काठमाडौँ। सभामुख देवराज घिमिरे र संसद्मा प्रतिनिधित्व गर्ने तीन ठूला दलका शीर्ष नेताबीच भेटवार्ता सुरु भएको छ ।
सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा शनिबार भएको भेटमा प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली सहभागी छन् ।
उनीहरुबीच संसदलाई कसरी प्रभावकरी बनाउने भन्ने विषयमा छलफल भइरहेको छ। यसबाहेक विषयगत समिति गठन र विचाराधिन विधेयकका सम्बन्धमा पनि छलफल भइरहेको सभामुखको सचिवालयले जनाएको छ।
Facebook Comments Box
