Author: खबरमञ्च

झापा- झापा क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार इन्दिरा राना मगरले आफूमाथि लागेको ‘प्रश्नबाट भागेको’ आरोपको कडा शब्दमा खण्डन गरेकी छन्। केही दिनअघि बिर्तामोडमा आयोजित एक टेलिभिजन बहस (इलेक्सन डिबेट) मा उनी अनुपस्थित भएपछि विपक्षीहरूले उनी नागरिकका प्रश्नहरूको सामना गर्न डराएको आरोप लगाएका थिए। उक्त आरोपको जवाफ दिँदै राना मगरले कार्यक्रमको समय व्यवस्थापनमा भएको अन्तिम समयको परिवर्तनका कारण आफू उपस्थित हुन नसकेको स्पष्ट पारेकी छन्। उनका अनुसार सुरुमा दिउँसो हुने भनिएको कार्यक्रम अघिल्लो साँझ मात्रै अचानक बिहानका लागि तय गरिएको खबर आएको थियो। सोही समयमा अन्य सञ्चारमाध्यमहरूलाई पहिल्यै अन्तर्वार्ताको समय दिइसकेकाले आफू…

Read More

झापा- कचनकवलमा पानीको खाल्डोमा डुबेर १४ महिनाका बालकको मृत्यु भएको छ । सोमबार साँझ ६ बजे कचनकवल वडा न.२ हर्दासभिट्टा बस्ने खेलराज राजवंशीका छोरा १४ महिनाका प्रियांस राजवंशी वडा नं.३ दल्कीस्थित आफ्नै मामाघरमा खेल्ने क्रममा कलको पानी जम्ने खाल्डोमा डुबेर अचेत अवस्थामा फेला परेका थिए । उनलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएकोमा डाक्टरले चेकजाँच गर्दा मृत्यु भइसकेको थियो । बालकको शव सोही अस्पतालमा रहेको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More

झापा- झापाको शिवसताक्षी र कन्काई नगरपालिकाको सिमानामा पर्ने कन्काई नदीको पुलमा आज बिहान फेला परेको शंकास्पद वस्तु निष्क्रिय पारेर यातायात चालु गरिएको छ। शंकास्पद वस्तु भेटिएपछि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै पूर्व-पश्चिम राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा रोकिएको थियो। जसका कारण सयौँ सवारी साधन र यात्रुहरू बीच बाटोमै अलपत्र परेका थिए। सेनाले वस्तु डिस्पोज गरी मार्ग सुरक्षित भएको पुष्टि गरेपछि अहिले यातायात पूर्ण रूपमा सुचारु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। उक्त शंकास्पद बस्तु ‘होक्स’ भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक खगेन्द्र खड्काले जानकारी दिए।

Read More

झापा- झापाको शिवसताक्षी नगरपालिका–१०, माइधारस्थित कन्काई पुलमा आज बिहानै एक शंकास्पद वस्तु फेला परेको छ। पूर्व-पश्चिम राजमार्गअन्तर्गतको सो पुलमा शंकास्पद वस्तु भेटिएपछि अहिले यस क्षेत्रमा यातायातका साधनहरु पूर्ण रुपमा अवरुद्ध भएका छन्। प्रत्यक्षदर्शीका अनुसार उक्त वस्तुलाई कागजले बेरिएको (र्‍याप गरिएको) अवस्थामा राखिएको छ। शंकास्पद वस्तुको बाहिरपट्टि “नेपाल बन्द होशियार” भन्ने नारा समेत लेखिएको पाइएको छ। सडकमा सवारी साधनहरु रोकिएपछि गन्तव्यतर्फ हिँडेका यात्रुहरु अलपत्र परेका छन्।

Read More

झापा- झापाको बिर्तामोड ७ मा लागुऔषधसहित एकजना पक्राउ परेका छन् । आइतबार दिउँसो १ बजे बिर्तामोड ७ मियाँबारी बस्ने मागु मियाँको घरमा लागुऔषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा अस्थायी प्रहरी चौकी गरामनीबाट प्रहरी सहायक निरीक्षक भुपेन्द्र कार्कीको कमाण्डमा टोली खटिएको थियो । टोलीले खानतलासी गर्दा कोठाबाट प्लास्टिकसहित १ ग्राम ७८० मिलिग्राम र प्लास्टिकबाहेक ३८० मिलिग्राम ब्राउन सुगर बरामद गरी मागु मियाँका छोरा बर्ष २७ का महमद सजाकलाई पक्राउ गरेको हो। उनलाई नियन्त्रणमा लिएर आवश्यक कार्वाहीका लागि इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Read More

झापा- सातौं संस्करणको झापा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि मच्छिन्द्र फुटबल क्लब र सशस्त्र प्रहरीको एपीएफ क्लबले दाबी गरेका छन्। आइतबार प्रतियोगिता भइरहेको डोमालाल राजवंशी रंगशालामा आयोजित प्रि-म्याच कन्फ्रेन्समा पहिलो पटक फाइनलमा पुगेका दुबै टिमले उपाधि जित्ने उद्घोष गरेका हुन्। मच्छिन्द्र फुटबल क्लबका प्रशिक्षक प्रवेश कट्वालले अन्य चर्चित प्रतियोगिताहरु छोडेर झापा गोल्डकपमा पूर्ण ध्यान केन्द्रित गरेको बताए। उनले ‘ए’ टिम मैदानमा उतार्ने घोषणा गर्दै अधिकांश झापाली खेलाडी समेटिएको टिमलाई दर्शकको समर्थनले थप बल मिल्ने विश्वास व्यक्त गरे। कप्तान बिशाल श्रेष्ठले खेलाडीहरू मैदानसँग परिचित भएकाले होम ग्राउण्डमा खेलेको अनुभवले सहजता दिने बताए। उनले उपाधि जित्नु नै पहिलो लक्ष्य भएको बताए। एपीएफका…

Read More

झापा — वैदेशिक रोजगारीका विविध आयाम, यस क्षेत्रका चुनौती र समाधानका उपायहरूलाई समेटेर तयार पारिएको ‘सुखानी वैदेशिक रोजगार विशेषांक’ म्यागेजिन आइतबार भद्रपुरमा विमोचन गरिएको छ। प्रेस क्लब भद्रपुरको आयोजनामा प्रकाशित यस विशेष पुस्तकको सम्पादन पत्रकार राजु पाठकले गरेका हुन्। प्रेस क्लब भद्रपुरका अध्यक्ष राजबाबु शंकरको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा नेपाल प्रेस इन्स्टिच्युटका अध्यक्ष तीर्थ कोइराला प्रमुख अतिथिका रूपमा उपस्थित थिए। प्रमुख अतिथि कोइरालासहित नेपाल पत्रकार महासंघ कोशी प्रदेश उपाध्यक्ष अम्बिका भण्डारी, झापा अध्यक्ष एकराज गिरी र वैदेशिक रोजगार व्यवसायी संघ झापाका अध्यक्ष धनबहादुर पन्धाक लगायतले संयुक्त रूपमा पुस्तकको विमोचन गरेका थिए। कार्यक्रममा पुस्तकको महत्वमाथि चर्चा गर्दै नेपाल पत्रकार महासंघ झापाका…

Read More

झापा — झापा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य पदकी उम्मेदवार धर्मशीला चापागाईंले आफ्नो निर्वाचन क्षेत्रको समृद्धिका लागि विस्तृत चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेकी छन्। “झापा-२ लाई समुन्नत, न्यायपूर्ण र समृद्ध बनाउने” संकल्पका साथ नेपाली कम्युनिष्ट पार्टीबाट उम्मेदवार बनेकी उनले शिक्षा, स्वास्थ्य, पूर्वाधार र सुशासनलाई समेट्दै २० बुँदे योजना अघि सारेकी छन्। चापागाईंको प्रतिबद्धता पत्रमा बिर्तामोडलाई शिक्षा, व्यापार र स्वास्थ्यको ‘क्षेत्रीय हब’का रूपमा विकास गर्ने मुख्य प्राथमिकता राखिएको छ। सामुदायिक विद्यालयको गुणस्तर सुधार, प्राविधिक शिक्षालयको स्थापना र सरकारी क्याम्पसहरूको स्तरोन्नति गर्ने उनको योजना छ। साथै, बिर्तामोडको बजारलाई व्यवस्थित गरी कृषि उपज संकलन केन्द्रका रूपमा विकास गर्ने र स्वास्थ्य…

Read More

काठमाडौँ- नेपालको चर्चित गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरले हात पारेकी छन्। शनिबार राति सम्पन्न भव्य ‘ग्राण्ड फिनाले’ मा दर्शकको सर्वाधिक मत प्राप्त गर्दै दैलेखकी नीताले यस सिजनको विजेता बन्ने सौभाग्य पाएकी हुन्। उनी चर्चित गायक तथा कोच राजु लामाको टिमबाट प्रतिस्पर्धामा उत्रिएकी थिइन्। फिनालेको अन्तिम प्रतिस्पर्धामा चारैजना कोचका उत्कृष्ट प्रतिभाहरूबीच कडा प्रतिस्पर्धा भएको थियो। जसमा नीताले उपाधि जित्दा सागर संसार राई फर्स्ट रनरअप (कोच खेम सेन्चुरीको टिम), पुनम गुरूङ सेकेण्ड रनरअप (कोच प्रमोद खरेलको टिम), सञ्जिता दुरा थर्ड रनरअप (कोच मेलिना राईको टिम) भएका छन्। यस जीतसँगै नीताले नगद पुरस्कारसहित विभिन्न…

Read More

काठमाडौँ- नेपाली कांग्रेसको आज सार्वजनिक गर्ने भनिएको प्रतिज्ञापत्र बुधबारका लागि सरेको छ । संशोधित कार्यक्रमअनुसार अब जनकपुरमा प्रतिज्ञापत्र सार्वजनिक हुने छ । कांग्रेस प्रवक्ता देवराज चालिसेले आइतबारका लागि पार्टी कार्यालय बिपीनगर सानेपामा तय गरेको प्रतिज्ञापत्र सार्वजनिक कार्यक्रम स्थगित भएको जानकारी दिए । कांग्रेसले ६ गते मधेस प्रदेशको जनकपुरधामबाट चुनावी सभाको सुरूआत गर्दैछ । सोही सभामा प्रतिज्ञापत्र सार्वजनिक गरिने उनले बताए। निर्वाचन आयोगले दलहरूलाई फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि घोषणापत्र पेस गर्न आइतबारसम्मको समय दिइसकेको छ । कांग्रेस प्रवक्ता चालिसेले निर्वाचन आयोगमा आइतबारै प्रतिज्ञापत्र बुझाइने तर सार्वजनिक कार्यक्रम भने बुधबार हुने बताए ।

Read More