झापा- झापाको शिवसताक्षी र कन्काई नगरपालिकाको सिमानामा पर्ने कन्काई नदीको पुलमा आज बिहान फेला परेको शंकास्पद वस्तु निष्क्रिय पारेर यातायात चालु गरिएको छ।
शंकास्पद वस्तु भेटिएपछि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै पूर्व-पश्चिम राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा रोकिएको थियो। जसका कारण सयौँ सवारी साधन र यात्रुहरू बीच बाटोमै अलपत्र परेका थिए।
सेनाले वस्तु डिस्पोज गरी मार्ग सुरक्षित भएको पुष्टि गरेपछि अहिले यातायात पूर्ण रूपमा सुचारु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
उक्त शंकास्पद बस्तु ‘होक्स’ भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक खगेन्द्र खड्काले जानकारी दिए।
Facebook Comments Box
