झापा- झापाको बिर्तामोड ७ मा लागुऔषधसहित एकजना पक्राउ परेका छन् ।
आइतबार दिउँसो १ बजे बिर्तामोड ७ मियाँबारी बस्ने मागु मियाँको घरमा लागुऔषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा अस्थायी प्रहरी चौकी गरामनीबाट प्रहरी सहायक निरीक्षक भुपेन्द्र कार्कीको कमाण्डमा टोली खटिएको थियो ।
टोलीले खानतलासी गर्दा कोठाबाट प्लास्टिकसहित १ ग्राम ७८० मिलिग्राम र प्लास्टिकबाहेक ३८० मिलिग्राम ब्राउन सुगर बरामद गरी मागु मियाँका छोरा बर्ष २७ का महमद सजाकलाई पक्राउ गरेको हो।
उनलाई नियन्त्रणमा लिएर आवश्यक कार्वाहीका लागि इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
Facebook Comments Box
