Author: खबरमञ्च

काठमाडौँ। मकर जितुमाया सुरी हाइड्रोपावरले आजदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको छ। कम्पनीले २२ करोड ८० लाख रुपैयाँ बराबरको आइपीओ जारी गरेको हो। यसअनुसार यसले प्रतिकित्ता १०० अंकित मूल्यका दरले २२ लाख ८० हजार कित्ता साधारण सेयर निष्कासन गरेको छ। यसमध्ये ५% (८० हजार कित्ता सामूहिक लगानी कोष) र २% अर्थात् ३२ लाख २८ हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ। बाँकी १३ लाख ३७ हजार ३०२ कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन्। यस आइपीओमा चैत २२ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिमा सबै सेयर बिक्री नभएमा २०८० वैशाख ३ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ।

Read More

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज, बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ २२ पैसा र बिक्री दर १६२ रुपैयाँ ९६ पैसा रहेको छ । युरो एकको खरिद दर १४२ रुपैयाँ ७७ पैसा र बिक्री दर १४३ रुपैयाँ ४२ पैसा रहेको छ । यस्तै, अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ १७ पैसा र बिक्री दर १३१ रुपैयाँ ७७ पैसा पुगेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ८९ पैसा र बिक्री दर ३६ रुपैयाँ ०५ पैसा रहेको छ । त्यस्तै, भारतीय रूपैयाँ एक सयको खरिद…

Read More

रामेछाप। रामेछापको खाँडादेवी गाउँपालिका–१ राकाथुमको बेलपोखरी डाँडा (ठुटे पिपलबोट)मा बा१६च ३८२५ नम्बरको बलेरो जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य ७ जना घाइते भएका छन्। शनिबार साँझ भएको सो दुर्घटनामा मृत्यु हुनेमा खाँडादेवी–७ का ३३ वर्षीय कर्मसिंह तामाङ रहेका जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक (डीएसपी) होमबहादुर पराजुलीले जानकारी दिए। उनका अनुसार सो जिप सडकबाट करिब ४०० मिटर तल खसेको थियो। घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको छ। जिप सुनापति गाउँपालिकाको दिमीपोखरीबाट काठमाडौं जाँदै गरेको थियो। घाइतेलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको डीएसपी पराजुलीले जानकारी दिए।

Read More

काठमाडौं । संघीय संसद् अन्तर्गतको प्रतिनिधिसभाको बैठक आज बस्दै छ । संघीय संसद् सचिवालयका अनुसार बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ । आज बस्न बैठकमा प्रतिनिधिसभा नियमावली २०७९ माथि दफावार छलफल गरेर पारित गर्ने कार्यसूची रहेको छ । जसअनुसार प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति चित्रबहादुर केसीले ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७९ माथिको दफावार छलफल सदनमा गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् । उक्त मस्यौदा प्रतिवेदनमाथि प्राप्त संशोधनहरूलाई क्रमशः निर्णयार्थ प्रस्तुत गरिने र प्रतिवेदन पारित गरियोस् भनी प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाकारी दिएको छ । नियमावलीमा सभामुखको अधिकार कटौतिको प्रस्ताव लगिएपछि धेरै विवाद उत्पन्न…

Read More

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् । पेटमा समस्या देखिएपछी उनी हिजो साँझ त्रिवि शिक्षण अस्पताल भर्ना भएका हुन् । राष्ट्रपति पौडेलको अवस्था अहिले सामान्य रहेको उपचारमा संलग्न एक चिकित्सकले बताए ।

Read More

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ । मन्त्रिपरिषद्को पूर्णता, उपनिर्वाचन, समय सामयिक राजनीतिक विषयमा छलफल गर्नका लागि कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्न लागेको हो । ‘नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक २०७९ चैत्र १९ गते आइतबार बिहान १०ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, बिपी स्मृति भवन, बिपीनगर, ललितपुरमा बस्ने भएको छ,’ मुख्य सचिव कृष्णप्रसाद पौडेलले भनेका छन्, ‘उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ ।’ यसअघि बैठकले उपनिर्वाचनको उम्मेदवार तय गर्ने र पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम चयन गर्ने जिम्मा सभापति शेरबहादुर देउवालाई दिएको थियो ।

Read More

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार नेपाली ठूलो गोलभेँडा ५० रुपैयाँ, अदुवा ११० रुपैयाँ, रातो आलु २३ रुपैयाँ, सेतो आलु १८ रुपैयाँ रहेको छ भने स्थानीय काउली ५० रुपैयाँ, कागती २५० रुपैयाँ, सुकेको खुर्सानी ४५० रुपैयाँ र हरियो खुर्सानी ८० रुपैयाँ प्रतिकेजी रहेका छ । त्यस्तै, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ४० रुपैयाँ, गान्टे मूला ६० रुपैयाँ, राजमा घिउ सिमी १०० रुपैयाँ, चमसूरको साग ११० रुपैयाँ, कन्य च्याउ १५० रुपैयाँ, डल्ले च्याउ २५० रुपैयाँमा किनबेच भइरहेको छ भने तितो करेला ११० रुपैयाँ, तोरीको साग ३० रुपैयाँ,…

Read More

काठमाडौं । नेकपा एमालेले चितवन २ र तनहुँ १ मा उपचुनाव लड्ने उम्मेदवार टुंगो लगाएको छ । शनिवार पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले चितवन २ मा रामप्रसाद न्यौपाने र तनहुँ १ मा सर्वेन्द्र खनाललाई उम्मेदवार बनाउने निर्णय गरेको उपाध्यक्ष सुरेन्द्र पाण्डेले बताए । चितवन २ बाट एमाले जिल्ला कमिटी अध्यक्ष न्यौपानेको एकल नाम सिफारिस भएको थियो । उनी अनेरास्ववियुको राजनीतिमा स्थापित भएका जिल्लाका लोकप्रिय युवा नेता हुन् । बारा २ मा भने आइतबार मात्र उम्मेदवार टुंगो लाग्ने एमालेले जनाएको छ।

Read More

काठमाडौँ। यस वर्षको ‘मदन भण्डारी स्मृति पत्रकारिता पुरस्कार’ बाट पत्रकार मातृका पौडेल सम्मानित भएका छन्। रिपोर्टस क्लब नेपालले प्रदान गर्ने एक लाख रुपैयाँ राशीको उक्त पुरस्कार नेपाल प्रेस डट कमका प्रधान सम्पादकसमेत रहेका पत्रकार पौडेललाई प्रदान गरिएको हो। क्लबको रजत जयन्तीका अवसरमा शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित एक समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहालले पौडेललाई उक्त पुरस्कार प्रदान गरेका हुन्। अढाइ दशकदेखि पत्रकारितामा सक्रिय पौडेल सञ्चार मन्त्रालयमा मिडिया सल्लाहकारको रुपमा काम गरिसकेका छन् । यस्तै ‘उत्कृष्ट युवा फोटो पत्रकारिता पुरस्कार २०७९’ बाट फोटो पत्रकार राजन काफ्ले सम्मानित भएका छन्। उनलाई प्रधानमन्त्री दाहालले सम्मानपत्र हस्तान्तरण गरेका छन् । उक्त पुरस्कारको राशी २५ हजार रुपैँया…

Read More

काठमाडौं । प्रधानमन्त्री थ्री नेसन्स कप फुटबलको उपाधि नेपालले जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार साँझ भएको फाइनल खेलमा लाओसलाई २–१ गोल अन्तरले पराजित गर्दै नेपालले उपाधि उचालेको हो । उपाधिसँगै नेपालले ५ हजार अमेरिकी डलर प्राप्त गरेको छ भने लाओसले ३ हजार डलर प्राप्त गरेको छ । लोओसले बनाएको एक गोलको अग्रता उल्टाएर नेपाल च्याम्पियन बनेको हो । नेपालको जितमा आयुष घलान र मनिष डाँगीले एक एक गोल गरे । लाओसका फोउचाङभोङ साङ्भिले एक गोल गरे । खेलको १७औं मिनेटमा फोउचाङभोङले गोल गर्दै लाओसलाई सुरुवाती अग्रता दिलाएका थिए । तर खेलको २४ औं मिनेटमा आयुषले गोल गर्दै नेपाललाई…

Read More