रामेछाप। रामेछापको खाँडादेवी गाउँपालिका–१ राकाथुमको बेलपोखरी डाँडा (ठुटे पिपलबोट)मा बा१६च ३८२५ नम्बरको बलेरो जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य ७ जना घाइते भएका छन्।
शनिबार साँझ भएको सो दुर्घटनामा मृत्यु हुनेमा खाँडादेवी–७ का ३३ वर्षीय कर्मसिंह तामाङ रहेका जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक (डीएसपी) होमबहादुर पराजुलीले जानकारी दिए। उनका अनुसार सो जिप सडकबाट करिब ४०० मिटर तल खसेको थियो।
घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको छ। जिप सुनापति गाउँपालिकाको दिमीपोखरीबाट काठमाडौं जाँदै गरेको थियो। घाइतेलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको डीएसपी पराजुलीले जानकारी दिए।
Facebook Comments Box
