Author: खबरमञ्च
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बहादुर बस्नेतले स्वास्थ्यबीमा कार्यक्रमलाई थप प्रभावकारी बनाइने बताएका छन् । काङ्ग्रेस सिन्धुपाल्चोक क्षेत्र नं १ ले शनिबार सिन्धुपाल्चोकको सुनकोशीमा आयोजना गरेको कार्यक्रममा मन्त्री बस्नेतले नागरिकको उपचारको व्यवस्था गर्ने दायित्व सरकारको भएको भन्दै स्वास्थ्यबीमा कार्यक्रमलाई थप प्रभावकारी बनाइने बताएका हुन् । उनले स्वास्थ्यबीमा रकम केही घटेको भन्दै आगामी बजेटमा यसलाई बढाउन पहल गर्ने बताए । मन्त्री बस्नेतले देशभरका अस्पताको अवस्थाका बारेमा अध्ययन गर्दै उचित पूर्वाधार निर्माण गर्न ध्यान केन्द्रित गर्ने जिकिर गरे ।
काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा संलग्न जोसुकैलाई कारवाही गर्नुपर्ने माग राख्दै युवाहरुले काठमाडौंमा प्रदर्शन छन् । हाम्रो टिम नेपाल नामक युवाहरुको समूहले नक्कली शरणार्थी प्रकरणमा संलग्नलाई राजनीतिक संरक्षण दिन नहुने र जोसुकैलाई कारवाही गर्नुपर्ने माग राख्दै काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका हुन् । उनीहरुले राजनीतिक संरक्षण गर्न पाईदैन, भ्रष्ट नेता चाहिदैन, प्रचण्ड सरकारलाई खवरदार कारवाही गर भ्रष्टचारी लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए । उनीहरुले भ्रष्टाचार नियन्त्रणका लागि सरकारलाई युवाहरुको साथ रहेको जनाएका छन् ।
काठमाडाैं । पूर्वगृहमन्त्री बालकृष्ण खाणले विभिन्न सञ्चारमाध्यममा आफ्नाबारेमा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको बताएका छन् । शनिवार एक वक्तव्य जारी गर्दैै उनले आधारहीन, तथ्यहीन र संलग्न हुँदै नभएका घटनामा संलग्न भयो भनी समाचार सम्प्रेषण नगरीदिन सबैमा आग्रह गरेका छन् । पूर्वगृहमन्त्री खाणले जाँदै नगएको स्थानमा भ्रमणमा गएको भन्ने समाचारले अन्योल उत्पन्न हुने र व्यक्तिगत चरित्रहत्या हुने हुँदा यस्ता समाचार सम्प्रेषित नगरिदिन पनि अनुरोध गरेका छन् ।
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका बिषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच शनिबार पनि भेटवार्ता भएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटवार्तामा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणका बिषयमा चासो राखेको प्रधानमन्त्री प्रचण्डले जानकारी दिए । नक्कली भुटानी शरणार्थी प्रकरणका दोषी कोहिले पनि उन्मुक्ति नपाउने भन्दै प्रचण्डले प्रक्रिया, पद्धति र ऐन अनुसार कारवाही अघि बढ्ने स्पष्ट पारे । नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेका सचिव टोपबहादुर रायमाझी पक्राउ पूर्जी जारी भएको तीन दिन हुँदा पनि उनी प्रक्राउ परेका छैनन् । रायमाझीका छोरा सन्दीप, तत्कालिन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई र पूर्व गृहसचिव टेकनारायण…
काठमाडौँ । सङ्घीय संसद्को बजेट अधिवेशन भोलि (आइतबार) देखि सुरु हुँदैछ । संसदका दुवै सदनको बैठक भोलि बस्दै छ । मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बजेट अधिवेशन आह्वान गरेका हुन् । प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक दिउँसो ४ बजे बस्ने सङ्घीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले जानकारी दिए । अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको उनले बताए । आगामी जेठ १५ गते आउने आर्थिक वर्ष २०८०/०८१ को वार्षिक बजेट तथा सो अघि आउने नीति तथा कार्यक्रमका बारेमा दुवै सदनका बैठकमा प्रारम्भिक छलफल हुनेछ ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारमा नजाने निर्णय गरेसंगै सरकारलाई दिएको समर्थन पनि फिर्ता गरेको छ । रास्वपाले समर्थन फिर्ता लिएसंगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संसदमा पुनः विश्वासको मत लिनुपर्ने देखिन्छ । शुक्रबार साँझ बसेको रास्वपाको बैठकले यी दुई निर्णय गरेको हो । प्रधानमन्त्री प्रचण्डले रास्वपालाई सरकारमा ल्याउन पहल गर्दै आए पनि रास्वपाले सरकारमा नरहेर जनतामा जाने निर्णय गरेको हो। नागरिकता विवादमा मुछिएर सांसद पद गएसँगै रास्वपा सरकारबाट बाहिरिएको थियो । तर, समर्थन भने हालसम्म कायमै रहेको थियो ।
काठमाडौं । कोशी प्रदेश नामकरणको विरोध स्वरुप काठमाडौंमा बसोबास गर्दै आइरहेका किराँत समूदायले सडकमा नै उभौली पर्व मनाएका छन् । १ नम्बर प्रदेशको नामांकन कोशी भएसंगै सडक आन्दोलनमा रहेका जातीय पहिचान पक्षधरले यसपटक सडकमा नै उभौली मनाएका हुन् । कोशी प्रदेशको खारेजीको माग राख्दै सांकेतिक रुपमा विरोभ गर्न सडकमा नै उभौली पर्व मनाइएको उनीहरुको भनाइ छ । कोशी प्रदेशको नाम पहिचानका आधारमा हुनुपर्ने भन्दै माग पुरा नभए मुलुकभर नै पहिचान पक्षधरले आन्दोलन गर्ने उनीहरुले चेतावनी दिएका छन् । किरात राई यायोक्खा, किरात याक्थुङ चुम्लुङ, किरात सुनुवार समाज र किरात याक्खा छुम्माले संयुक्त रूपमा परम्परागत कला संस्कृति र पहिरनसहित काठमाडौंको माइतीघरदेखि…
काठमाडौँ । संखुवासभामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार दुर्घटनामा परी गम्भीर घाइते भएका भविन गुरुङको मृत्यु भएको हो । मृतक गुरुङले हेलिकप्टरमा सहयोगीका रुपमा काम गर्दै आएका थिए । माथिल्लो अरुण हाइड्रो पावरका सामान गोला भन्ने स्थानबाट सिप्रुङ भन्ने स्थानमा लैजाँदै गर्दा भोटखोला गाउँपालिका वडा नम्बर ४ सिप्रुङमा हेलिकोप्टर दुर्घटनामा परेको थियो । दुर्घटनामा क्याप्टेन सुरेन्द्र पौडेल, को–पाइलट छिरिङ भोटे, अर्का सहयोगी मनोज थापा र नेपाल विद्युत् प्राधिकरणका कर्मचारी विक्रम शंकर घाइते भएका प्रहरीले जनाएको छ । घाइते चारै जनालाई उपचारका लागि काठमाडौं लगिएको छ । क्याप्टेन सुरेन्द्र पौडेल, कोपाइलट…
काठमाडौं । सत्ता गठबन्धनको बैठक शुक्रबार बस्ने भएकाे छ । प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा शुक्रबार साँझ ५ बजे बैठक बस्ने भएकाे हाे । शुक्रबार बस्ने बैठकमा आगामी आर्थिक वर्षको नीति-कार्यक्रम र बजेटकाे विषयमा छलफल हुने बालुवाटार स्रोतले जनाएकाे छ । बुधबार बसेकाे गठबन्धनकाे बैठकले सरकारको नीति-कार्यक्रम र बजेटका बारेमा प्रारम्भिक छलफल गरेको थियो।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठक आज बस्दैछ । साँझ ५ बजे बस्ने बैठकबाट सरकारलाई दिएको समर्थन फिर्ता लिने नलिने विषयमा निर्णय हुने बताइएको छ । गत सोमबार बसेको बैठकले सरकारमा जाने वा समर्थन लिने भन्ने विषयमा छलफल गर्न शुक्रबार बैठक राख्ने निर्णय गरेको थियो । रास्वपाभित्र सरकार जाने वा समर्थन फिर्ता लिने भन्ने विषयमा दुई मत रहेको बुझिएको छ । सभापति रवि लामिछाने पहिलेकै मन्त्रालय पाए सरकारमा जाने पक्षमा रहेको बुझिएको छ । तर, बहुमत सदस्यहरु यति बेला सरकारमा जानुको औचित्य नहुने पक्षमा रहेका छन् । गत सोमबारको बैठक अघि प्रधानमन्त्री पुष्पकमल…