काठमाडौँ । सङ्घीय संसद्को बजेट अधिवेशन भोलि (आइतबार) देखि सुरु हुँदैछ ।
संसदका दुवै सदनको बैठक भोलि बस्दै छ । मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बजेट अधिवेशन आह्वान गरेका हुन् ।
प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक दिउँसो ४ बजे बस्ने सङ्घीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले जानकारी दिए । अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको उनले बताए ।
आगामी जेठ १५ गते आउने आर्थिक वर्ष २०८०/०८१ को वार्षिक बजेट तथा सो अघि आउने नीति तथा कार्यक्रमका बारेमा दुवै सदनका बैठकमा प्रारम्भिक छलफल हुनेछ ।
Facebook Comments Box
