काठमाडौं । कोशी प्रदेश नामकरणको विरोध स्वरुप काठमाडौंमा बसोबास गर्दै आइरहेका किराँत समूदायले सडकमा नै उभौली पर्व मनाएका छन् ।
१ नम्बर प्रदेशको नामांकन कोशी भएसंगै सडक आन्दोलनमा रहेका जातीय पहिचान पक्षधरले यसपटक सडकमा नै उभौली मनाएका हुन् ।
कोशी प्रदेशको खारेजीको माग राख्दै सांकेतिक रुपमा विरोभ गर्न सडकमा नै उभौली पर्व मनाइएको उनीहरुको भनाइ छ ।
कोशी प्रदेशको नाम पहिचानका आधारमा हुनुपर्ने भन्दै माग पुरा नभए मुलुकभर नै पहिचान पक्षधरले आन्दोलन गर्ने उनीहरुले चेतावनी दिएका छन् ।
किरात राई यायोक्खा, किरात याक्थुङ चुम्लुङ, किरात सुनुवार समाज र किरात याक्खा छुम्माले संयुक्त रूपमा परम्परागत कला संस्कृति र पहिरनसहित काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वरसम्म सडकमा नै नाँचगान गरेका थिए ।
((
Facebook Comments Box
