काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बहादुर बस्नेतले स्वास्थ्यबीमा कार्यक्रमलाई थप प्रभावकारी बनाइने बताएका छन् ।
काङ्ग्रेस सिन्धुपाल्चोक क्षेत्र नं १ ले शनिबार सिन्धुपाल्चोकको सुनकोशीमा आयोजना गरेको कार्यक्रममा मन्त्री बस्नेतले नागरिकको उपचारको व्यवस्था गर्ने दायित्व सरकारको भएको भन्दै स्वास्थ्यबीमा कार्यक्रमलाई थप प्रभावकारी बनाइने बताएका हुन् ।
उनले स्वास्थ्यबीमा रकम केही घटेको भन्दै आगामी बजेटमा यसलाई बढाउन पहल गर्ने बताए ।
मन्त्री बस्नेतले देशभरका अस्पताको अवस्थाका बारेमा अध्ययन गर्दै उचित पूर्वाधार निर्माण गर्न ध्यान केन्द्रित गर्ने जिकिर गरे ।
Facebook Comments Box
