काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका बिषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच शनिबार पनि भेटवार्ता भएको छ ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटवार्तामा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणका बिषयमा चासो राखेको प्रधानमन्त्री प्रचण्डले जानकारी दिए ।
नक्कली भुटानी शरणार्थी प्रकरणका दोषी कोहिले पनि उन्मुक्ति नपाउने भन्दै प्रचण्डले प्रक्रिया, पद्धति र ऐन अनुसार कारवाही अघि बढ्ने स्पष्ट पारे ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेका सचिव टोपबहादुर रायमाझी पक्राउ पूर्जी जारी भएको तीन दिन हुँदा पनि उनी प्रक्राउ परेका छैनन् ।
रायमाझीका छोरा सन्दीप, तत्कालिन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई र पूर्व गृहसचिव टेकनारायण पाण्डे पक्राउलाई गरि प्रहरीले अनुसन्धान गरिररहेको छ ।
