काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारमा नजाने निर्णय गरेसंगै सरकारलाई दिएको समर्थन पनि फिर्ता गरेको छ ।
रास्वपाले समर्थन फिर्ता लिएसंगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संसदमा पुनः विश्वासको मत लिनुपर्ने देखिन्छ ।
शुक्रबार साँझ बसेको रास्वपाको बैठकले यी दुई निर्णय गरेको हो ।
प्रधानमन्त्री प्रचण्डले रास्वपालाई सरकारमा ल्याउन पहल गर्दै आए पनि रास्वपाले सरकारमा नरहेर जनतामा जाने निर्णय गरेको हो।
नागरिकता विवादमा मुछिएर सांसद पद गएसँगै रास्वपा सरकारबाट बाहिरिएको थियो । तर, समर्थन भने हालसम्म कायमै रहेको थियो ।
Facebook Comments Box
