Author: खबरमञ्च
काठमाडौं । राष्ट्रिय सभा सदस्य नारायण प्रसाद दाहालले शरणार्थी प्रकरणले देशलाई अन्तर्राष्ट्रिय स्तरको बदनाम गरेको टिप्पणी गरेका छन् । शुक्रबार बसेको राष्ट्रिय सभा बैठकमा उनले नक्कली भुटानी शरणार्थी प्रकरण भ्रष्टचार मात्र नभई देशद्रोहीको कार्य भएको र यसले अन्तराष्ट्रिय तथा कुटनीतिक क्षेत्रमा नयाँ चुनौती थपिएको बताए । उनले भने, ‘नक्कली भुटानी शरणार्थी प्रकरण भ्रष्टाचार मात्र नभई देशद्रोही मानव वेचविखन प्रकृतिको अपराध हो । यसले गर्दा सिङगो देशको राजनीति क्षेत्र न्यायिक,प्रशासनीक,सरक्षा निकाय, अन्तराष्ट्रिय तथा कुटनीतिक क्षेत्र तरङगित मात्र हैन सबैमा नयाँ चुनौती थपिएको अनुभुति भएको छ । सरकारको नेतृत्वमा रहेका नेताहरु उच्च ओहोदाको कर्मचारी नै यस अपराधमा संलग्नभएको कुराले देश नै स्तब्ध…
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । सरकारको नीति तथा कार्यक्रम अनुमोदन गर्न सिंहदरबारमा बोलाइएको बैठक जारी छ । सरकारले आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रम पनि आज संसदको संयुक्त बैठकमा प्रस्तुत गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज अपराह्न ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकबाट नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
काठमाडौं । कार्यव्यवस्था परामर्श समितिको बैठक संसद् भवन नयाँ बानेश्वरमा जारी छ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसद् बैठकलाई प्रभावकारी बनाउने विषयमा छलफल भइरहेको छ । बैठकमा सबै दलका प्रमुख सचेतक तथा सचेतकलगायतको सहभागिता रहेको छ ।
काठमाडौँ । सरकारको नीति तथा कार्यक्रम अनुमोदन गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक आज मध्यान्ह १२ बजे बस्ने बताइएको छ । सरकारले आर्थिक वर्ष २०८०-८१ को नीति तथा कार्यक्रम आज प्रस्तुत गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज अपराह्न ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा सरकारको नीति तथा कार्यक्रमम प्रस्तुत गर्ने भएका छन्। स्वास्थ्यका कारण नीति तथा कार्यक्रम प्रस्तुत नगर्ने भन्ने संशयका बिचमा अन्तत: राष्ट्रपति पौडलले आज प्रस्तुत गर्ने भएका हुन्। राष्ट्रपति कार्यालयका अधिकारीहरूका अनुसार राष्ट्रपतिको स्वास्थ्यमा सुधार आएकाले नीति तथा कार्यक्रम प्रस्तुत गर्न कुनै समस्या रहेको छैन। पुष्पकमल दाहाल नेतृत्वको सरकारले आर्थिक बर्ष २०८०/८१ का लागि सरकारले नीति तथा कार्यक्रम ल्याउन लागेको हाे। प्रधानमन्त्री प्रचण्डले सरकारले सो नीति तथा कार्यक्रम ल्याउने भएपछि यसअघि नै प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेलाई संसदको तयारी गर्नका लागि यसअघि नै अनुरोध गरिसकेका छन्।
काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिकूल स्वास्थ्य अवस्थाका कारण बिहीवारको संसद् बैठकमा सहभागी हुन नसकेको जानकारी गराएका छन् । अध्यक्षओलीले सामाजिक सञ्जाल फेसबुक मार्फत प्रतिकूल स्वास्थ्य अवस्थाका कारण संसद् बैठकमा सहभागी हुन नसकेको भन्दै स्वास्थ्यमा सुधार आएलगतै नक्कली शरणार्थी प्रकरणबारे आफूले थाहा पाएका तथ्यहरू संसदमा राख्ने बताए । उनले लेखेका छन्, ‘प्रतिकूल स्वास्थ्यअवस्थाका कारण आज म संसद्को बैठकमा सहभागी हुन सकिन । नक्कली भुटानी शरणार्थी प्रकरणबारे आफूले थाहा पाएका तथ्यहरु संसद्समक्ष राख्ने मैले यसअघि वताएको थिएँ । स्वास्थ्यमा सुधार आएपछि त्यस विषयमा संसदमा बोल्ने नै छु ।’ उनले देशको भविष्यलाई नै प्रभावित पार्ने कतिपय प्रश्नको उत्तर मात्र…
काठमाडौँ । भुटानी शरणार्थीका नेता तथा अधिकारकर्मी टेकनाथ रिजाल पनि नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका छन् । बिहीबार पक्राउ परेको उनीमाथि अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । गिरोहसँग उनको पनि आर्थिक साँठगाँठ रहेको तथ्यहरु भेटिएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । यसअघि पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित १५ जना पक्राउ परिसकेका छन् । शरणार्थी प्रकरणमा पक्राउ पर्ने रिजाल नेपालमा बसिरहेका भुटानका उच्च नेता हुन् । छुटेका शरणार्थीलाई प्रक्रियामा लगेर विदेश पठाउनु पर्ने अभियानमा लागेका रिजाल पछि आफै शरणार्थी गलत खेलमा लागेको प्रहरीको आशंका छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा विहान मात्र हज समितिका अध्यक्ष शमशेर मियाँ पक्राउ…
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री भएपछि भारत नै पहिला जानुपर्ने त्यस्तो कुनै बाध्यता नरहेको प्रष्ट पारेका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसद चित्रबहादुर केसीले नेपालका प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण भारत नै हुनुपर्ने कारण के हो ? भन्दै राखेको जिज्ञासामा उनले त्यस्तो कुनै बाध्यता नरहेको बताएका हु्न् । प्रधानमन्त्री दाहालले पहिलो भ्रमण भारतमै गर्नुपर्ने बाध्यता नरहेको प्रष्ट पारे । उनले भने, ‘भारत भ्रमण गर्नुपर्ने नेपालमा त्यस्तो कुनै बाध्यता छैन। त्यसको जवाफ मैले पहिलो प्रधानमन्त्रीकालमा दिइसकेको छु, व्यवहारबाट नै भारत भ्रमण गर्ने प्रचलन भए पनि त्यस्तो कुनै राजनीतिक बाध्यता छैन।’
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लडाकूको नाममा भ्रष्टाचार भएको भन्ने आरोप गलत रहेको जिकिर गरेका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले उठाएको प्रश्नको जवाफ दिदै प्रधानमन्त्री दाहालले लडाकु शिविरमा भ्रष्टाचार भएको प्रमाणित भए आफु जेल जान तयार रहेको बताए । प्रधानमन्त्री दाहालले भने, ‘यदि त्यस्तो केहि छ भने छानबिन गर्नुपर्छ भने मैले बिभिन्न उच्चतम पदमा भएका सबैको सम्पति छानबिन गर्न तयार छु । क्यानटोनमेन्टको कुरा पूर्वाग्राही छ भन्ने कुरामा दृढविश्वास छ, फेरि कसैले दिएको उजुरीको आधारमा छानविन गरेर दोषी ठहरे म आफै जेल जान तयार छु ।’
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतको आदेशले लाल आयोगको प्रतिवेदन सार्वजनिक नभएको बताएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले सोधेको थरुहट आन्दोलनको जगमा उठेको नागरिक उन्मुक्ति पार्टी पनि सरकारमा छ । नाउपाको माग बमोजिम लाल आयोगको रिपोर्ट सरकारले सार्वजनिक गर्छ कि गर्दैन् ? गर्छ भने कहिले सम्म गर्छ ? प्रश्नको उत्तरमा दिदैं प्रधानमन्त्री दाहालले सर्वोच्च अदालतले लाल आयोगको प्रतिवेदन प्रकाशित नगर्नु भनि फैसला गरेको जानकारी गराए । उनले भने ‘ लाल आयोगको प्रतिवेदन सार्वजनिक हुनुपर्छ भन्ने भित्र पर्छु म ? त्यो प्रतिवेदन सार्वजनिक गरिनुपर्छ भन्ने भित्र पर्छु तर त्यसलाई कुन रुपमा कसरी सार्वजनिक…