काठमाडौँ । भुटानी शरणार्थीका नेता तथा अधिकारकर्मी टेकनाथ रिजाल पनि नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका छन् ।
बिहीबार पक्राउ परेको उनीमाथि अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
गिरोहसँग उनको पनि आर्थिक साँठगाँठ रहेको तथ्यहरु भेटिएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । यसअघि पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित १५ जना पक्राउ परिसकेका छन् ।
शरणार्थी प्रकरणमा पक्राउ पर्ने रिजाल नेपालमा बसिरहेका भुटानका उच्च नेता हुन् । छुटेका शरणार्थीलाई प्रक्रियामा लगेर विदेश पठाउनु पर्ने अभियानमा लागेका रिजाल पछि आफै शरणार्थी गलत खेलमा लागेको प्रहरीको आशंका छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा विहान मात्र हज समितिका अध्यक्ष शमशेर मियाँ पक्राउ परिसकेका छन् ।
Facebook Comments Box
