काठमाडौँ । सरकारको नीति तथा कार्यक्रम अनुमोदन गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
बैठक आज मध्यान्ह १२ बजे बस्ने बताइएको छ ।
सरकारले आर्थिक वर्ष २०८०-८१ को नीति तथा कार्यक्रम आज प्रस्तुत गर्ने भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले आज अपराह्न ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।
Facebook Comments Box
