काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिकूल स्वास्थ्य अवस्थाका कारण बिहीवारको संसद् बैठकमा सहभागी हुन नसकेको जानकारी गराएका छन् ।
अध्यक्षओलीले सामाजिक सञ्जाल फेसबुक मार्फत प्रतिकूल स्वास्थ्य अवस्थाका कारण संसद् बैठकमा सहभागी हुन नसकेको भन्दै स्वास्थ्यमा सुधार आएलगतै नक्कली शरणार्थी प्रकरणबारे आफूले थाहा पाएका तथ्यहरू संसदमा राख्ने बताए ।
उनले लेखेका छन्, ‘प्रतिकूल स्वास्थ्यअवस्थाका कारण आज म संसद्को बैठकमा सहभागी हुन सकिन । नक्कली भुटानी शरणार्थी प्रकरणबारे आफूले थाहा पाएका तथ्यहरु संसद्समक्ष राख्ने मैले यसअघि वताएको थिएँ । स्वास्थ्यमा सुधार आएपछि त्यस विषयमा संसदमा बोल्ने नै छु ।’
उनले देशको भविष्यलाई नै प्रभावित पार्ने कतिपय प्रश्नको उत्तर मात्र दिएर नपुग्ने भन्दै जनतालाई अनुभूति हुनेगरि परिणाम दिनु पर्ने बताए ।
Facebook Comments Box
