Author: खबरमञ्च
काठमाडौँ । आज मन्त्रीपरिषदको बैठक बस्दैछ । मंगलवार सिंहदरबारस्थित प्रधानमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलेसाँझ ४ बजे मन्त्रिपरिषद बैठक बोलाएका हुन् । बैठकमा जेठ ५ गते ल्याउन लागेको सरकारका नीति तथा कार्यक्रमका बारेमा पनि छलफल हुने बताइएको छ । सो अघि प्रधानमन्त्री प्रचण्डले सरकारका नीति तथा कार्यक्रमबारे राय लिनका लागि १० दलीय गठबन्धनको बैठक डाकेका छन् ।
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता एवं अर्थमन्त्री प्रकाशशरण महतले नक्कली शरणार्थी प्रकरणमा मिडिया ट्रायल गरिएको भन्दै कडा आपत्ति जनाएका छन् । मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा महतले, नक्कली शरणार्थी प्रकरणमा आएको केन्द्रीय सदस्य आरजू राणा देउवा सम्बन्धी अडियो सामाजिक सञ्जाल र मिडिया ट्रायल गरेर ल्याइएको जिकिर गरे । सो अडियो नक्कली भएको उनको दाबी छ । उनले भने, ‘अहिले आरजु राणाविरुद्ध मिडिया र सामाजिक सन्जाल ट्रायल भइरहेको छ। आरजुको केसमा उहाँले उक्त अडिओको सत्यतथ्य प्रमाणित होस् भनेर साइबर ब्युरोमा आफैंले उजुरी गर्नुभएको छ । मिडिया र सामाजिक सञ्जाल ट्रायल गरेर अनुसन्धान नै नसकिएको केसमा कसैलाई दोषी हो भनेर भन्न भएन…
काठमाडौँ । सरकारले आगामी वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम जेठ ५ गते ल्याउने तयारी गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ । मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीचको भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले जेठ ५ मा नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत गर्न लागेको जानकारी गराएका हुन् । भेटमा प्रधानमन्त्री दाहालले यही जेठ ५ गते सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारका तर्फबाट नीति तथा कार्यक्रम पेस गर्ने तयारी भएको जानकारी गराएका थिए । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा सदनको कामकारबाहीलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो । प्रधानमन्त्रीले आजदेखि समितिको बैठक…
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ ले सरकारलाई समर्थन गर्ने १० दलको बैठक बोलाएका छन् । प्रधानमन्त्री प्रचण्डले बोलाएको १० दलको बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा साढे २ बजे सिंहदरबारमा बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री प्रचण्डले नीति तथा कार्यक्रमको बारेमा सत्ता गठबन्धनका नेताहरुसँग सुझाव लिने भएका हुन् । सरकारले आगामी जेठ ५ गते नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्ने तयारी गरेको छ । आजको बैठकमा नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल समाजवादी पार्टी, आम जनता पार्टी र नागरिक उन्मुक्ति पार्टी सहभागी हुने बताइएको छ ।
काठमाडौं । आजबाट सङ्घीय संसद् अन्तर्गतका विषयगत समितिहरूकौ बैठक बसिरहेका छन् । जसअनुसार १० वटै संसदीय समितिको बैठक एकै पटक बसेको हो । ज्येष्ठ सदस्यले अध्यक्षता गरेको आजको बैठकले दलीय आधारमा समितिका सभापति चयनका बारेमा प्रारम्भिक छलफल भइरहेको छ । गत मङ्सिर ४ गते निर्वाचन सम्पन्न भए पनि अझैसम्म विषयगत समितिका बैठक सुरु हुन सकेको थिएन ।
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ । मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा उक्त भेटवार्ता भएको हो । भेटमा संसद् बैठक, नीति तथा कार्यक्रम र बजेटबारे छलफल भएको सभामुखको सचिवालयले जनाएको छ । भेटमा समितिहरूको बैठक सुरु भएपछि संसद्ले लय समातेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले संसदमा विचाराधीन विधेयकहरू टुंगो लगाउन अब सहज हुने अपेक्षा गरेको बताए ।
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय समिति बैठक सुरु भएको छ । सोमबारबाट सुरु भएको बैठकमा अध्यक्ष राजेन्द्र लिङदेनले प्रस्तुत गरेको ‘यथास्थितिवादी राजनीतिक कित्ताको एकमात्र विकल्प राप्रपा’ नामक राजनीतिक प्रतिवेदनलगायतमा आजबाट छलफल सुरु भएको हो । यसैगरि आजको बैठकमा अध्यक्ष लिङदेनले पेश गरेको राजनीतिक प्रतिवेदनसहित महामन्त्रीले पेश गरेको सांगठनिक र कोषाध्यक्षले पेश गरेको आर्थिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले धारणा राख्ने कार्यक्रम रहेको छ ।
इलाम । पूर्वी इलामसहित कोशीका १४ वटै जिल्लामा गाईमा देखिने पक्स समूहको काप्रीपक्स भाइरसबाट हुने लम्पी स्किन रोग फैलिएको छ । यो रोग इलाममा रहेका १ लाख ४८ हजार ३ सय ९३ गाईहरुमा १३ हजार ५७गाईहरु यो रोगबाट संक्रमित भइसकेका छन् । जसबाट ३५७ वटा गाई मरेका छन् । अहिले संक्रमणको दर पनि बढिरहेको छ भने गाईको मृत्युदर पनि बढ्दो क्रममा रहेको छ । दुध उत्पादनमा मुलुककै अव्वल जिल्ला मानिएको इलाममा अहिले दूधको उत्पादनमा ४० प्रतिशतले कमी आएको छ । यसरी नै यो रोगको संक्रमण फैलिदै जाने हो भने कृषकहरुलाई हातमुख जोड्न समस्या हुने देखिन्छ । यसरी रोगबाट पूर्वी नेपालमा…
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नमध्येका आङटावा शेर्पालाई प्रहरी तारेखमा छाडेको छ । आङटावा सोमवार साँझ जिल्ला प्रहरी परिसर काठमाडौमा आत्म समर्पण गर्न पुगेका थिए । आङटावा विरुद्ध हिरासतमा राख्नु पर्ने बलियो प्रमाण फेला नपरेपछि प्रहरीले उनलाई तारेखमा छाडेको हो । जिल्लाप्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले उनी विरुद्ध पक्राउ पुर्जी पनि जारी नभएको र हिरासतमा राख्नु पर्ने बलियो प्रमाण पनि नभएको हुँदा तारेखमा छाडिएको बताए । रामेछापका पूर्व सांसद उनले नक्कली भुटानी शरणार्थी बनाउने भन्दै रामेछाप र दोलखाका तीन सय भन्दा धेरै युवासँग रकम असुलेका थिए । विवाद आएपछि उनले अधिकांशको रकम फिर्ता गरेका थिए । कतिपयको…
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा तानिएका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्व गृहमन्त्री बालकृष्ण खाँणसँग मंगलबार पनि बयान लिइने भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले सोमबार लिएको बयान नसकिएपछि दुवै जनासँग मंगलबार पनि बयान लिइने छ । खाँणसंग सोमबार लिएको बयान नसकिएपछि आज पुनः बयान लिएर आजै साँझसम्ममा फाइल तयार गर्न प्रहरीलाई भनिएको छ । यस्तै रायमाझीसंग पनि सोमबार प्रारम्भिक बयान लिइएको छ । रायमाझीले सोमबारनै बयान सक्न चाहेकोमा खाँणको बयान बाँकी रहेकाले आज एकै पटक बयान सकेर फाइल गरिने बुझिएको छ ।