काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा तानिएका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्व गृहमन्त्री बालकृष्ण खाँणसँग मंगलबार पनि बयान लिइने भएको छ ।
जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले सोमबार लिएको बयान नसकिएपछि दुवै जनासँग मंगलबार पनि बयान लिइने छ ।
खाँणसंग सोमबार लिएको बयान नसकिएपछि आज पुनः बयान लिएर आजै साँझसम्ममा फाइल तयार गर्न प्रहरीलाई भनिएको छ ।
यस्तै रायमाझीसंग पनि सोमबार प्रारम्भिक बयान लिइएको छ । रायमाझीले सोमबारनै बयान सक्न चाहेकोमा खाँणको बयान बाँकी रहेकाले आज एकै पटक बयान सकेर फाइल गरिने बुझिएको छ ।
Facebook Comments Box
