Author: खबरमञ्च
झापा । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिने भएका छन् । बिहीबार विश्वासको मत लिनका लागि बैठक बोलाइएको छ । बैठक अपराह्न १ बजे बस्ने तय भएको छ । कोशी प्रदेशमा सबैभन्दा धेरै सिट जितेर ठूलो दल बनेको एमालेको नेतृत्वमा सरकार बनेको थियो । तर, तत्कालिन एमाले माओवादी गठबन्धन टुटेपछि नेकपा माओवादी केन्द्रले दिएको समर्थन फिर्ता लिदा संकटमा परेका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिन लागेका हुन् । कोशी प्रदेश सरकार निर्माणका लागि ४७ जना सांसदको समर्थन आवश्यक पर्छ । वर्तमान गठबन्धन सरकारमा रहेका चार दल नेपाली काँग्रेस,नेकपा माओवादी, नेकपा एकीकृत समाजवादी र जसपाको गरि ४६…
काठमाडौं ।आज हिन्दू धर्मावलम्बीहरुले घरघरमा तुलसी रोपेर हरिशयनी एकादशी पर्व मनाउँदैछन्। आषाढ शुक्ल एकादशीका दिन मनाइने यस पर्वमा निर्जला एकादशीको दिन छरिएको तुलसीलाई विरुवाको रुपमा रोप्ने गरिन्छ। आजको दिनदेखि भगवान क्षीर सागरमा सुत्नुहुने धार्मिक विश्वासका आधारमा यस दिनलाई हरिशयनी एकादशी पनि भन्ने गरिन्छ तुलसीलाई भगवान विष्णुको वानस्पतिक प्रतीकका रुपमा पनि पूज्ने चलन छ।
काठमाडौं । जनवादी गणतन्त्र चीनको भ्रमणमा रहेका उपप्रधानतथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र चीनका उपप्रधानन्त्री ह लि फङबीच द्विपक्षीय भेटवार्ता भएको छ । बुधवार सिचुवान प्रान्तको राजधानी छेन्दुमा भएको सो भेटमा उनीहरुबीच द्विपक्षीय सम्बन्धका विविध आयाममा छलफल भएको थियो । दुई देशबीच व्यापार, लगानी, पर्यटन, ‘कनेक्टिभिटी’ लगायत विषयमा छलफल हुनुका साथै चीनद्वारा नेपालमा थप सहयोग बढाउने बारेमा विचार विमर्श भएको थियो । थप व्यापारिक नाका खोल्ने र नेपाल-चीन सीमा नाकाहरुमा आवातजावत सहज बनाउने विषयमा समेत सकारात्मक छलफल भएको थियो । यस्तै चिनियाँ सहयोगमा नेपालमा निर्मित परियोजनालाई छिटोछरितो ढङ्गबाट सम्पन्न गर्ने विषयमा दुवै पक्षबीच सहमति भएको छ । दुवै पक्षबीच प्राकृतिक प्रकोप…
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सीआईबीले ललिता निवास जग्गा प्रकरणमा भएको सरकारी कागजात किर्तेमा हदम्याद नलाग्ने बताएको छ । बुधबार सीआईबीले पत्रकार सम्मेलन गर्दै नयाँ मुलुकी ऐन जारी हुनुभन्दा अघिको कानूनको आधारमा मुद्दा दायर हुने प्रष्ट पारेको छ ।पुरानो कानुन अनुसार मुद्दा चलाउँदा हदम्याद लाग्ने प्रावधान नरहेको सीआइबीको तर्क छ । ललितानिवास प्रकरणमा मंगलबार पक्राउ परेका ७ जनामध्ये मालपोत कार्यालयका तीन पूर्व कर्मचारीहरु मंगलबार राति नै छुटेका थिए। पक्राउ पूर्व नै स्टे अर्डर लिएको पाइएपछि सीआईबीले उनीहरुलाई छोडेको हो । यसरी छुट्नेमा मालपोतका पूर्व कर्मचारीहरु कलाधर देउजा, सुरेन्द्रमान खपाली र भुपेन्द्रमणि छन् । उनीहरुले आफूहरुलाई पक्राउ नगर्न माग…
काठमाडौँ । प्रतिनिधिसभाबाट बजेट बहुमतले पारित भएको छ । बजेट मत विभाजनबाट पारित गरिएको हो । बजेटको पक्षमा मत १४७ आयो । विपक्षमा १०८ मत पर्यो । उपस्थित सांसदमध्ये कोही पनि तटस्थ बसेनन् । आजको बैठकमा २७५ सांसदमध्ये २० जना अनुपस्थित थिए । आज २५५ सांसद मात्र उपस्थित थिए । आर्थिक विधेयक, राष्ट्र ऋणसम्बन्धीसहितका आश्रित विधेयक पारित भएपछि मात्र पूर्ण बजेट पारित भएको मानिन्छ ।
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन् । काठमाडौँको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार गराएर उनी ११ दिनपछि डिस्चार्ज भएर राष्ट्रपति कार्यालय फर्किएका हुन् । राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले आज एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज भएको जानकारी दिएकी हुन् । स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति पौडेल गत असार २ गते अस्पताल भर्ना भएका थिए । राष्ट्रपति पौडेललाई मनमोहन कार्डियोथेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरी उपचार गरिएको थियो । राष्ट्रपतिले उपचारमा संलग्न डाक्टर तथा शुभचिन्तकहरुलाई धन्यवाद दिएको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति कार्यालयद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ”स्वास्थ्य उपचारका लागि गठित विशेषज्ञ…
काठमाडौं । सत्तारुढ दलकै असन्तुष्टिका बीच आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट पारित भएको छ । सदनमा उपस्थित जम्मा २५५ जना मध्ये १ सय ४७ जनाको मत पर्यो भने विपक्षमा १ सय ८ ले मतदान गरेका छन् । बजेट पारित भएपछि नयाँ आर्थिक वर्षमा सरकारी ढुकुटीबाट खर्च गर्ने बाटो खुल्दछ । बजेट पारित गर्नका लागि सरकारलाई १ सय ३८ सांसदसहितको बहुमत आवश्यक पर्ने थियो । कांग्रेसको ८८, माओवादीको ३२ , जसपाको १२, एकीकृत समाजवादीको १०, जनमतको ६, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीको समान ४-४ सहित सत्ता गठबन्धनको १ सय ५६ सांसदको समर्थन छ ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद खारेज गर्न माग गर्दै दायर रिट सर्वोच्च अदालतले खारेज गरेको छ । सिन्धुलीका युवराज सफलले निर्वाचन आयोगलाई विपक्षी बनाएर दायर गरेको रिट सर्वोच्च अदालतको संवैधानिक इजलासले उक्त रिट खारेज गरेको हो । प्रधानन्यायाधीश सहित पाँच न्यायाधीशको संवैधानिक इजलासले सफलको रिट खारेज हुने फैसला सुनाएको अदालत प्रशासनले जनाएको छ । सफलले गत जेठ १० गते लामिछाने विरुद्ध संवैधानिक इजलासमा रिट दायर गरेका थिए । महान्यायाधिवक्ता कार्यालयले राहदानी विवादमा मुद्दा नचल्ने निर्णय गरेपछि सफलले त्यस विरुद्ध संवैधानिक इजलासमा दायर गरेको रिटको औचित्य नभएको भन्दै संवैधानिक इजलासले खारेज गरिदिएको जानकारी गराएको छ ।
पाँचथर । मेची राजमार्गअन्तर्गत पाँचथरको हेवाखोलामा पुनः यातायात अवरुद्ध बनेको छ । यातायात नियमित गर्न मङ्गलबारबाट सञ्चालनमा ल्याइएको डाइभर्सनमा गए राति आएको बाढीले क्षति पुर्याएपछि यातायात पुनः अवरुद्ध बनेको हो । हेवाखोलामा बाढी आई डाइभर्सनभन्दा माथिबाट खोला बग्न थालेको हो । बाढीले डाइभर्सनमा क्षति पुर्याएपछि यातायात सञ्चालन पूर्णरूपले अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए । प्रहरीले यातायात अवरुद्ध भएकाले मेची राजमार्गको फिदिम-ताप्लेजुङ खण्डमा सवारी सञ्चालन नगर्न सबैमा सचेतसमेत गराएको छ । यही असार २ गते राति आएको बाढीले मेची राजमार्गअन्तर्गत पाँचथरको हेवाखोलास्थित सडक पुल बगाएपछि राजमार्ग अवरुद्ध भएको थियो । यातायात अवरुद्ध भएपछि…
काठमाडौँ । सरकारले संशोधन विना बजेट पास गर्ने तयारी गरेको छ । बुधबार बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकले बजेट पास गर्ने सम्भावित कार्यसूची छ । गत जेठ १५ गते अर्थमन्त्री महतले आगामी आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट प्रस्तुत गरेका थिए । सत्ता साझेदार दलकै नेताहरुले बजेट विभेदकारी भएको भन्दै संशोधनको माग गरेका थिए । तर अहिले बजेट संशोधन गर्न सम्भव नभएको भन्दै बजेट पास गर्ने तयारी छ ।