काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद खारेज गर्न माग गर्दै दायर रिट सर्वोच्च अदालतले खारेज गरेको छ ।
सिन्धुलीका युवराज सफलले निर्वाचन आयोगलाई विपक्षी बनाएर दायर गरेको रिट सर्वोच्च अदालतको संवैधानिक इजलासले उक्त रिट खारेज गरेको हो ।
प्रधानन्यायाधीश सहित पाँच न्यायाधीशको संवैधानिक इजलासले सफलको रिट खारेज हुने फैसला सुनाएको अदालत प्रशासनले जनाएको छ । सफलले गत जेठ १० गते लामिछाने विरुद्ध संवैधानिक इजलासमा रिट दायर गरेका थिए ।
महान्यायाधिवक्ता कार्यालयले राहदानी विवादमा मुद्दा नचल्ने निर्णय गरेपछि सफलले त्यस विरुद्ध संवैधानिक इजलासमा दायर गरेको रिटको औचित्य नभएको भन्दै संवैधानिक इजलासले खारेज गरिदिएको जानकारी गराएको छ ।
Facebook Comments Box
