Author: खबरमञ्च

काठमाडौं । ठूलो पर्दामा काम गरेपछि सानो पर्दामा काम गर्नुहुदैन भन्ने कहीँ नलेखिएको भन्दै आफूले जुनसुकै भूमिकालाई सम्मान गर्ने नायिका प्रियंका कार्कीले तर्क गरेकी छन् । हिमालयन रोडिजको प्रसारणबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा पत्रकारको प्रश्नमा उनले आफू सानो पर्दाबाट आएको भन्दै आफूले आफ्नो काममा गर्व गर्ने बताइन्। ‘कहीँ पनि लेखिएको छैन् कि ठुलो पर्दामा काम गरेपछि सानो पर्दामा गर्नु हुदैन् भनेर म सानो पर्दामै काम गरेर आएको मान्छे हु ।’ उनले भनिन्, ‘ सानो पर्दामा काम गर्दा वित्तिकै ठूलो पर्दामा काम छैन् भन्ने होइन् ।’ पछिल्लो समय भूमिका नपाएको हो भन्ने प्रश्नमा, ‘भौतारिएर हिडेको भए म घरमा हुन्थ्ये होला,…

Read More

विराटनगर । कोशी प्रदेशमा कांग्रेसको नेतृत्वमा सरकार बनाउन गठबन्धन दलबीच सहमति भएको छ । सोमबार साँझ प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले कोशी प्रदेशमा कांग्रेसको नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको हो । यससंगै नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता उद्धव थापा कोशी प्रदेशको मुख्यमन्त्री बन्ने भएका छन् । थापा कोशी प्रदेशका पाँचौँ मुख्यमन्त्री बन्ने पक्का भएको हो । गठबन्धनका तर्फबाट मुख्यमन्त्री बन्न लागेका थापालाई उनको दल कांग्रेसका अलवा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीले समर्थन दिनेछन् । कांग्रेसका २९, माओवादी केन्द्र १३, एकीकृत समाजवादी ४ र जनता समाजवादी १ गरी थापासँग ४७ सांसद छन् । यो भनेको…

Read More

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालालाई गणतन्त्र नेपालको पहिलो राष्ट्रपतिमा प्रस्ताव नगरेकोमा पुनः पश्चात्ताप गरेका छन् । कोइरालाको १००औं जन्मजयन्तीका अवसरमा राजधानीमा आयोजना गरिएको एक कार्यक्रममा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले गिरिजाप्रसाद कोइरालाले छाडेर गएका शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न आफू लागिपरेको दाबी गरे । त्यसका लागि नै कांग्रेससँग मिलेर सरकार बनाएको धारणा राख्दै प्रधानमन्त्री दाहालले भने, ‘उहाँलाई राष्ट्रपतिको प्रस्ताव नगरिराख्दा सायद उहाँले मलाई पहिलाको जस्तो भरोसा र विश्वास गर्नुहुन्न कि जस्तो लाग्थ्यो तर उहाँले त्यस्तो गर्नुभएन । मैले प्रधानमन्त्रीबाट राजीनामा गर्ने मनस्थिति बनाएपछि पटक पटक राजीनामा नदिन भन्नुहुन्थ्यो।’ कोइरालामा राजनीतिक सुझबुझ र…

Read More

काठमाडौं । नारायणघाट–मुग्लिन सडकमा शनिवार राति गएको पहिरो पन्छाएर सडक सुचारु  गराएको आठ घण्टा पनि नपुग्दै पुनः अर्को पहिरो खसेको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुलमा आज बिहान पहिरो खसेपछि सडक दुईतर्फी रुपमै अवरुद्ध बनेको हो । पहिरो गएको स्थानबाट काठमाडौंतर्फ आउँदै गरेको ना ६ ख ७१० नम्बरको ट्रक सडक छेउमा पल्टिएको छ । दुर्घटनामा सवारी चालक सामान्य घाइते भएको मुग्लिन प्रहरीका इन्सपेक्टर विशाल तामाङले जानकारी दिए ।  ‘पहिरोको कारण बिहान बाटै सडक दुईतर्फी अवरुद्ध बनेको छ, अहिले पहिरो पन्छाउने कार्य भैरहेको छ । सडकमा पल्टिएको ट्रकलाई उठाउन क्र्रेन बोलाएका छौं,’ तामाङले भने । शनिवार राति गएको…

Read More

झापा । मेचीनगर नगरपालिका-१० मा आज बिहान जङ्गली हात्तीले कुल्चेर वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा ८० वर्षीया पन्नादेवी साह रहेकी इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी निरीक्षक होम अधिकारीले जानकारी दिए । पूजा गर्न फूल टिप्न हिँड्ने क्रममा आज बिहान साहलाई सडकमा हात्तीले कुल्चेर मारेको उनले जानकारी दिए । सिलगुढी निवासी उनी एक वर्ष अघिदेखि छोरीको घरमा बस्दै आएकी थिइन् ।

Read More

काठमाडौं । आषाढ शुक्ल पूर्णिमा अर्थात् ज्ञान दिने गुरुको सम्मान गर्ने दिन । १८ पुराणका रचयिता महर्षि व्यासको जन्मजयन्ती पनि सोमबार मनाइँदैछ । सोमबार ३० घडी २७ पला अर्थात ५ बजेर २५ मिनेटसम्म पूर्णिमा तिथि छ। गुरुदेवो भव भनेर सनातन संस्कृतिमा गुरुलाई देवताकै स्थान दिइएको छ। ज्ञान दिएर व्यक्तिको जीवन परिवर्तन गराइदिने हुनाले मातापिताभन्दा गुरु ठूला हुन्छन् भन्ने सनातन वैदिक धर्मको मान्यता छ। मनुस्मृतिअनुसार जन्म दिने, संस्कार दिने र मन्त्र दिने वा वेद पढाउनेलाई गुरु भनिन्छ। वैदिक परम्परामा व्यक्तिको ज्ञानप्राप्ति र चरित्रनिर्माणमा माता, पिता र आचार्य (गुरु) को मुख्य भूमिका रहने मानिएको छ। ​मानिसको पहिलो गुरु माता र त्यसपछि पितालाई…

Read More

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपि ओलीले ललिता निवास प्रकरणबारे आफूलाई प्रष्ट थाहा नभएको बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकपछि पत्रकारहरुसंग कुराकानी गर्दै उनले ललिता निवास प्रकरण लगायतका काण्ड आफूले राम्रोसंग नबुझेको तर्क गरेका हुन् । उनले भने, ‘ललिता निवास प्रकरणलगायत भ्रष्टचारको काण्ड मैले राम्रो संग बुझेको छैन । के गरिरेको छ राम्ररी बुझेको छैन बुझ्न बाँकी छ ।’ त्यस्तै कोशी प्रदेश नामाकरणको विषयमा आफ्नो पार्टीका सांसदमाथि आक्रमण भएको भन्दै असन्तुष्टि पोखे । अन्य दल आफ्नो जिम्मेवारीबाट भागेको उनको आरोप छ ।

Read More

झापा । कोशी प्रदेशको नामकरणको विरोध जनाइरहेका पहिचानवादीहरूले सरकारी कार्यालयका बोर्डमा उल्लेख गरिएको प्रदेशको नाम मेटाउन थालेका छन्। उनीहरूले बोर्डमा लेखिएका ‘कोशी प्रदेश’ मेटाएर प्रदेश १ लेखेका छन्। जातीय पहिचानका आधारमा प्रदेशको नामकरण गर्नुपर्ने भन्दै पहिचानवादीहरू आन्दोलनरत छन्। पहिचानवादीहरुले झापाको बिर्तामोड नगरपालिकाको बोर्डमा लेखिएको कोशी प्रदेश पनि मेटाएका छन्। कोशी लेखिएको ठाउँमा कालो रंगले पोतेर १ नं. प्रदेश लेखेका छन्। कालो झण्डासहित आइतबार बिहान १० बजे आएको समूहले बोर्डमा रहेको कोशी प्रदेश मेटाएका हुन्। सो समूहले बिर्तामोडका वडा कार्यालयहरुमा पनि प्रदेशको नाम मेटाएर १ नं. प्रदेश लेखेका छन्। नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् झापाका अध्यक्ष पाण्डवलाल चौधरीका अनुसार…

Read More

काठमाडौं । कान्तिपुर दैनिकका कर्मचारी आन्दोलनमा उत्रिएका छन् । आर्थिक मन्दीको बहानामा कर्मचारीहरुको तलब नदिने र कामबाट निकाल्ने काम भएको भन्दै कान्तिपुरका कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले आज थापाथलीस्थित विजनेश पार्कमा रहेको कान्तिपुर कार्यालय अगाडि श्रमको उचित मूल्य पाउनु पर्ने मागसहित प्रर्दशन गरेका हुन् ।  उक्त आन्दोलनमा विगत २१ वर्षदेखि कान्तिपुरमा कार्यरत राजकुमार रिजालले कान्तिपुरले आर्थिक मन्दीको बहानामा तलब नदिने र छलफलका लागि जाँदा पनि झुलाउने काम गरेकोले आन्दोलन गर्न बाध्य भएको बताए । उनले संस्थामा कार्यरत ४ वटा सक्रिय युनियनसहितको संयुक्त संघर्ष समिति गठन गरेर २०८० जेठ १५ गते ७ बुदेँ माग पत्र २१ दिनको समय सिमासहित पेश…

Read More

काठमाडौं । मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० प्रतिनिधि सभाबाट सर्वसम्मतिले पारित भएको छ । आइतबार प्रतिनिधि सभामा कानून न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले ऐन संशोधनका लागि विचार गरियोस् भनि छलफलका लागि पेश गरेको ‘मुलुकी संहिता सम्बन्धि केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८०’ माथि सांसदहरुको छलफलपछि सर्वसम्मतिले पारित भएको हो ।

Read More